2026-06-28 05:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालले खेल जित्दा अर्नाले ६ लाख ७६ हजार खर्च गर्नेुपर्ने, कुन खेलाडीलाई कति?

कात्तिक १३, काठमाडौँ | टी–२० विश्वकपको एसिया छनोटमा नेपालले पहिलो खेल जित हात पार्दै सुखद सुरुवात गरेको छ। नेपालले आठ विकेटले सिंगापुरलाई पराजित गरेको हो। तुलनात्मक रुपमा बलियो नेपालले पहिले बलिङ गरे पनि चुनौतीपूर्ण लक्ष्य नपाएपछि सहज रुपमा जित हात पारेको हो। 

आजको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। नेपालले १६.२ ओभरमा २ विकेटको क्षतिमा १४७ रन बनाउदै सिंगापुरले दिएको लक्ष्य भेटाएको हो।


विश्वकप छनोट खेलमा सहभागी भएका खेलाडीहरुलाई यसअघि अर्ना बियरले उनीहरुको प्रदर्शनको आधारमा रकम दिने घोषणा गरेको थियो। उसको घोषणा अनुसार नेपाली खेलाडीका लागि पहिलो खेलमा कुल ६ लाख ७६ हजार खर्च गर्नेुपर्ने देखिएको छ।

बलिङतर्फ कुल २ लाख ९४ हजार र ब्याटिङतर्फ कुल ३ लाख ८२ हजार गरी कुल ६ लाख ७६ हजार खर्च गर्ने देखिएको हो। 

ब्याटिङमा अर्धशतक पूरा गरी अन्तिम समयमा आउट भएका कुशल भुर्तेलले सबैभन्दा धेरै रकम पाउने देखिएको छ। भुर्तेलले १ लाख ९४ हजार पाउने देखिन्छ। 

अर्ना बियरले टी–२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको थियो। त्यस्तै बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने घोषणा गरेको थियो।

सोही घोषणा अनुसार खेलाडीहरुले कुल ६ लाख ७६ हजार पाउने भएका हुन्। जस अनुसार कुशल भुर्तेलले सर्वाधिक १ लाख ९४ हजार पाउने भएका छन्। अर्ना बियरले गत भदौमा भएको एसिया कप क्रिकेटमा चौका, छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार दिएको थियो। 

कुन खेलाडीले कति पाउँछन्?

कुशल भुर्तेल- १ लाख ९४ हजार (७४ रन, ८ चौका, २ छक्का) 

आशिफ शेख- ६७ हजार (२७ रन, २ चौका, १ छक्का) 

रोहित पौडेल- ९५ हजार  (३५ रन, २  चौका, २ छक्का) 

कुशल मल्ल- २६ हजार ( ६ रन, १ छक्का) 

करण केसी- ६१ हजार (११ डट बल, २ विकेट) 

सोमपाल कामी- १३ हजार (१३ डट बल) 

अविनाश बोहरा- ९४ हजार (९ डट बल, १  मेडन, ३ विकेट) 

सन्दीप लामिछाने- ६३ हजार (१३ डट बल, २ विकेट) 

गुलशन झा- ६३ हजार (१३ डट बल, २ विकेट)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी