मृत भेटिएका सरस्वती माविका प्रधानाध्यापक सञ्जिवकुमार साहको हत्या भएको भन्दै विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

सिरहा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मृत भेटिएका सरस्वती माविका प्रधानाध्यापक सञ्जिवकुमार साहको हत्या भएको भन्दै विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

सिरहा"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्यालयमै प्रअको मृत्यु घटना : हत्या गरेर झुण्ड्याएको भन्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

२० कार्तिक २०८०, सोमबार ०६:२७

कार्तिक २०, सिरहा | सिरहाको गोलबजारमा विद्यालयमै झुण्डिएको अवस्थामा मृत भेटिएका सरस्वती माविका प्रधानाध्यापक सञ्जिवकुमार साहको हत्या भएको भन्दै विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

सिरहाको मिर्चैयामा बिहान ९ बजेदेखि साहका परिवार र स्थानीयवासीले घटनाको छानबिन र दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरिरहेका छन् । उनीहरूको विरोधका कारण सयौं सवारीसाधन अलपत्र परेको छ ।

आइतबार बिहान प्रधानाध्यापक साह गोलबजार नगरपालिका-३ जमदहस्थित विद्यालयको निर्माणाधीन भवनको तेस्रो तल्लामा झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार घटना हुनुअघि विद्यालयका सहयोगीलाई उनले रिचार्ज कार्ड किन्न पठाएका थिए । उनको दुवै खुट्टा भुइँमा छोएकोलगायत घटनास्थलको प्रकृति हेर्दा घटना शंकास्पद मानिएको छ ।

घटना ढोकछोप गर्ने प्रयास भएको भन्दै परिवार आन्दोलित बनेका छन् । पति मीनाकुमारी साह राजमार्गमै सुतेकी छन् । उनले घटनाको निष्पक्ष छानबिन गरी हत्यारालाई कारबाही नगरिए ‘आत्मदाह’ को चेतावनीसमेत दिएकी छन् ।

‘घरमा कुनै विवाद भएको थिएन’, उनले भनिन्, ‘विद्यालय व्यवस्थापन समिति गठन भएदेखि सर (श्रीमान् )लाई बढी प्रेसर थियो । समितिले कुनै काम गर्न दिइरहेको थिएन ।’

व्यवस्थापन समितिको दबाबका कारण पति सरुवा हुन खोजेको भन्दै उनले भनिन्, ‘म महिला भएर कहाँ-कहाँ पुगेकी छु । तर, सरुवा भएन । त्यसपछि उहाँले सहायक बनाइदिन भनेपनि कसैले वास्ता गरेनन् ।’

मिर्चैया नगरपालिका-६ का वडाध्यक्ष प्रदीप महासेठले प्रधानाध्यापक साहको हत्या भएको दाबी गरे ।

आन्दोलनमा समेत सहभागी उनले भने, ‘जसरी पनि दोषी पत्ता लगाएर कारबाही गर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार