२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पेस्तोल खेलाउँदा गोली लागेको घटनामा संलग्न महोत्तरीका असई यादव निलम्बित

२०८०, ११ मंसिर सोमबार ०८:४०

मङ्सिर ११, महोत्तरी | पेस्तोल पड्किएर प्रहरी जवान घाइते भएको घटनामा महोत्तरीका असई रामईश्वरप्रसाद यादव निलम्बनमा परेका छन्। 

मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराईले असई यादवलाई आइतबार निलम्बन गरेको कार्यालयका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए।

कात्तिक ३० गते डाँका समातेको खुसीमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कात्तिक ३० गते राति भएको रात्री भोज खाएर फर्केपछि असई यादवले पेस्तोल खेलाउँदा सेन्टरी बसेका प्रहरी जवान राजेश कुमार घाइते भएका थिए ।


गत कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका-८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हातहतियारसहितको ७/८ जनाको समूहले लुटपाट गरेको थियो । त्यस घटनामा संलग्न रहेको आरोपमा गत कात्तिक २८ गते महोत्तरी प्रहरीले रौतहटबाट सर्लाही लालबन्दी नगरपालिका-२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई पक्राउ गरेर ल्याएको थियो । त्यही खुसीमा दुई दिनपछि कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रात्रिभोज आयोजन भयो ।

असई यादव पनि डाँका पक्राउ गर्न जाने टोलिमा खटिएकाले उनलाई पनि रात्री भोजमा सहभागी गराइएको थियो । चौकीमा फर्केपछि रमाइलो गर्न पेस्तोल खेलाउँदै गर्दा पड्किएर गोली सेन्टरी बसेका जवान साहलाई लागेको स्रोतको दाबी छ । । स्रोतका अनुसार असई यादवले भने चेन्जर सफा गर्ने क्रममा पेस्तोल पड्केर पोलमा लागि फर्किएर प्रहरी जवानलाई लागेको दाबी गरिरहेका छन् ।

उक्त घटना केही दिनअघि बाहिरिएपछि मधेश प्रदेश प्रहरी कार्यालयले उनलाई निलम्बन गरी छानबिनको प्रक्रिया अघि बढाएको एसपी महतोले बताए। 

‘निलम्बन परेसँगै जिल्ला प्रहरी कार्यालय महोत्तरीले आन्तरिक रूपमा छानबिन थालेको छ,’ उनले भने, ‘यस घटनाको संवेदनशीलतालाई मध्यनजरमा राखेर निलम्बन गरी छानबिन गरिएको हो। उनको लापरबाही थियो/थिएन भन्ने छानबिनपछि थाहा हुन्छ।’

उक्त घटना कात्तिक ३० गते भएको भएपनि महोत्तरी प्रहरीले गत शुक्रबार मात्रै थाहा पाएको थियो।

प्रहरी जवान साहलाई भारतमा उपचारका लागि लगिएको थियो। त्यसबारेमा भारतीय प्रहरीले सप्तरी प्रहरीलाई फोनमार्फत जानकारी दिएपछि घटना बाहिरिएको हो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय