१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धरानमा एक युवकको धन्दा : ‘मोबाइल पे गर्छु’ भन्दै कारमा चढेर ब्राण्डेड मदिरा चोर्न पसल-पसलमा

१३ मंसिर २०८०, बुधबार १२:१७

मङ्सिर १३, काठमाडौँ | कारमा सवार भएर धरानका विभिन्न पसलबाट ब्रान्डेड मदिरा चोर्दै हिँड्ने गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धरानमै बस्दै आएका विकास साह रहेका प्रहरीले जनाएको छ।

धरानका फरक फरक मदिरा पसलमा उनले आफूलाई पर्यटन मन्त्रालयको शाखा अधिकृत र बीपी प्रतिष्ठानको डाक्टर हुँ भन्ने गरेका पाइएको छ। कारमा सवार हुने उनले दर्जनौं व्यवसायीलाई ठग्नुका साथै ब्रान्डेड मदिरा चोरेर हैरान पारेका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

साह मंगलबार मदिरा व्यवसायीकै फन्दामा परेका हुन्। उनलाई मदिरा चोर्दाचोर्दै नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाएको धरानस्थित मनकामना कोल्ड स्टोरका सञ्चालक रमेश हतुवालीले बताए।


उनले केही दिनयता धरानका मदिरा पसलहरूमा ‘मोबाइल पे गर्छु’ भन्दै ब्राण्डेड रक्सी लिएर भाग्ने गरेका व्यवसायीले बताएका छन्। 

भानुचोकबाट पक्राउ परेका उनले मदिरा पसलका मालिकहरू नभएको मौकामा रक्सी किन्ने बहाना गर्दै चोरेर हिँड्ने गरेको हतुवालीले बताए। 

साहले मंगलबार बीपी प्रतिष्ठानस्थित निर्भाना कन्ट्री क्लबबाट ब्याक लेबल लिएर हिँडेका थिए। सोमबार धरान-७ भानुचौकको मनकामना कोल्ड ड्रिङ्क्समा ब्ल्याक चिम्नी र वल्ड दरबार लिएपछि ‘मोबाइल पे गर्दिन्छु’ भन्दै हिँडेका थिए।

धरान-१५ श्याम चोकस्थित एक पसलमा मदिरा लिएर मोबाइल पे गर्छु भनेपछि मालिकले भुक्तानी नहुन्जेल हुँदैन भनेर रोकेका थिए। त्यहाँबाट हिँडेका साहलाई व्यवसायीले निगरानीमा राखेका थिए। 

त्यसबीचमा उनी चोरेको मदिरा बेच्न सोमबार भानुचोकस्थित बाबा कोल्ड ड्रिङ्क्समा पुगे। त्यहाँका कर्मचारीहरूले मालिक नभएको बताउँदै फिर्ता पठाए। मंगलबार फेरि चोरीको मदिरा बेच्न फेरि पुगेपछि प्रहरीको जिम्मा लगाइएको बाबा कोल्ड ड्रिङ्क्सका मालिक श्रवण गुप्ताले बताए।

साहले चोरीको सिग्नेचर ह्विस्की बेच्न बार्गेनिङ गरेका थिए। शंकास्पद गतिविधि गरेपछि मदिरा व्यवसायी सङ्घको सूचनाका आधारमा उनी समातिएका हुन्।

साह मदिरा चोरी र ठगीका लागि बा ७ च ४४८० कार चढेर आउने गरेका थिए। उनीसँग  संस्कृति पर्यटन मन्त्रालयको शाखा अधिकृतको नक्कली परिचय पत्र पनि भेटिएको छ। 

मदिरा व्यवसायीले समात्दा उनले आफूलाई डाक्टर बताउँदै छाडिदिन अनुनयविनय गरेका खुलेको छ। साहबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार