२०८३ असार २, मंगलबार | ०३:४५ बिहान

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धरानमा एक युवकको धन्दा : ‘मोबाइल पे गर्छु’ भन्दै कारमा चढेर ब्राण्डेड मदिरा चोर्न पसल-पसलमा

मङ्सिर १३, काठमाडौँ | कारमा सवार भएर धरानका विभिन्न पसलबाट ब्रान्डेड मदिरा चोर्दै हिँड्ने गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धरानमै बस्दै आएका विकास साह रहेका प्रहरीले जनाएको छ।

धरानका फरक फरक मदिरा पसलमा उनले आफूलाई पर्यटन मन्त्रालयको शाखा अधिकृत र बीपी प्रतिष्ठानको डाक्टर हुँ भन्ने गरेका पाइएको छ। कारमा सवार हुने उनले दर्जनौं व्यवसायीलाई ठग्नुका साथै ब्रान्डेड मदिरा चोरेर हैरान पारेका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

साह मंगलबार मदिरा व्यवसायीकै फन्दामा परेका हुन्। उनलाई मदिरा चोर्दाचोर्दै नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाएको धरानस्थित मनकामना कोल्ड स्टोरका सञ्चालक रमेश हतुवालीले बताए।


उनले केही दिनयता धरानका मदिरा पसलहरूमा ‘मोबाइल पे गर्छु’ भन्दै ब्राण्डेड रक्सी लिएर भाग्ने गरेका व्यवसायीले बताएका छन्। 

भानुचोकबाट पक्राउ परेका उनले मदिरा पसलका मालिकहरू नभएको मौकामा रक्सी किन्ने बहाना गर्दै चोरेर हिँड्ने गरेको हतुवालीले बताए। 

साहले मंगलबार बीपी प्रतिष्ठानस्थित निर्भाना कन्ट्री क्लबबाट ब्याक लेबल लिएर हिँडेका थिए। सोमबार धरान-७ भानुचौकको मनकामना कोल्ड ड्रिङ्क्समा ब्ल्याक चिम्नी र वल्ड दरबार लिएपछि ‘मोबाइल पे गर्दिन्छु’ भन्दै हिँडेका थिए।

धरान-१५ श्याम चोकस्थित एक पसलमा मदिरा लिएर मोबाइल पे गर्छु भनेपछि मालिकले भुक्तानी नहुन्जेल हुँदैन भनेर रोकेका थिए। त्यहाँबाट हिँडेका साहलाई व्यवसायीले निगरानीमा राखेका थिए। 

त्यसबीचमा उनी चोरेको मदिरा बेच्न सोमबार भानुचोकस्थित बाबा कोल्ड ड्रिङ्क्समा पुगे। त्यहाँका कर्मचारीहरूले मालिक नभएको बताउँदै फिर्ता पठाए। मंगलबार फेरि चोरीको मदिरा बेच्न फेरि पुगेपछि प्रहरीको जिम्मा लगाइएको बाबा कोल्ड ड्रिङ्क्सका मालिक श्रवण गुप्ताले बताए।

साहले चोरीको सिग्नेचर ह्विस्की बेच्न बार्गेनिङ गरेका थिए। शंकास्पद गतिविधि गरेपछि मदिरा व्यवसायी सङ्घको सूचनाका आधारमा उनी समातिएका हुन्।

साह मदिरा चोरी र ठगीका लागि बा ७ च ४४८० कार चढेर आउने गरेका थिए। उनीसँग  संस्कृति पर्यटन मन्त्रालयको शाखा अधिकृतको नक्कली परिचय पत्र पनि भेटिएको छ। 

मदिरा व्यवसायीले समात्दा उनले आफूलाई डाक्टर बताउँदै छाडिदिन अनुनयविनय गरेका खुलेको छ। साहबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते