2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल एयरलाइन्सको लापरवाही: प्रधानमन्त्री लिएर उड्दा टिकट काटेर विमानस्थल पुगेका ३१ यात्रु छुटे

मङ्सिर १४, काठमाडौं | नेपाल एयरलाइन्सले बुधबार बेलुका टिकट लिएर विमानस्थल पुगेका यात्रुलाई अलपत्र पारेर प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टिमलाई लिएर उडेको छ । 

निगमले प्रधानमन्त्री दाहालसहितको टिमलाई लैजानको लागि यात्रुलाई अलपत्र पारेको हो ।  नेपाल एयरलाइन्सको बुधबार राति ११ः३० मा काठमाडौं–दुबई उडान थियो ।  सोहीअनुसार यात्रुहरु विमानस्थल पुगेका थिए ।  

निर्धारित समयमा यात्रुहरु ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसेकेका थिए ।  त्यहाँ गएपछि उनीहरुलाई थाहा भयो । नियमित उडान समयभन्दा दुई घण्टा अघि सारेर प्रधानमन्त्रीलाई लिएर जहाज दुवई उड्यो । ८ः३० बजेसम्म ३१ जना यात्रुहरु बोर्डिङ पास कक्षमा पुगेको थिए ।  यात्रुमध्ये प्रज्वल विक्रम राणा कोप–२८ मा भाग लिन दुबई जाँदै थिए । उनी पनि बोर्डिङ पासको लागि ८ः३० मा एयरपोर्ट पगिसकेका थिए ।


राना बोर्डिङ पासको लागि सेक्युरिटी चेक गरेर भित्र पसे ।  सेक्युरिटी चेकिङ पनि अरु दिनको तुलनामा कडा थियो । उनले त्यहाँ सोधे पनि– जवाफ आयो, भीभीआईपीको सवार छ । उनीसहित ३१ जनाको टिकट हातमै थियो । जुन टिकटमा फ्लाइट समय साढे ११ बजे राखिएको थियो ।

उनीहरुले कर्मचारीसँग सोधे । त्यहाँको कर्मचारीले फ्लाइट दुई घण्टा अघि सारेको जानकारी दिए ।  “त्यतिमात्र नभएर फ्लाइट सारिएको बारेमा सबैलाई सूचना गरेका थियौं,” भन्दै कर्मचारीले जवाफ दिए । जबकि ३१ जनामध्ये एक जनालाई पनि फ्लाईटको विषयमा कुनै पनि सूचना आएको थिएन । उनीहरु अक्कबक्क परे ।

उनीहरुले चित्तबुझ्दो जवाफ नपाएपछि पुनः यस्तो कसरी हुन्छ ? भन्दै प्रश्न गरे ।  “एकछिन ड्युटी अफिस आउने र सबै कुरा उहाँहरुबाट नै सोध्नु होला,” उनलाई जवाफ आएको थियो । ड्युटी अफिसर एक घण्टा ढिला आएर माथिको आदेशानुसार काम भएकाले केही भन्न नमिल्ने जवाफ फर्काएका थिए ।

राति विमानस्थल पुगेका ३१ जना यात्रुलाई अहिले काठमाडौंको एक होटलमा राखिएको छ । नेपाल एयरलाइन्सले भने आफूले पहिले नै यात्रुलाई खबर गरेको दाबी गरेको छ ।

एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले कुरा गर्दै भने, “हामीले सबै यात्रुलाई जानकारी गराएका थियौँ । उनीहरु किन छुटे भन्ने जानकारी पाउन सकेनौँ । छुटेका यात्रुहरुलाई अरु विमानबाट पठाउनेछौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले