१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अबदेखि ड्युटीमा रहेका प्रहरीले मोवाइल चलाउन नपाउने

१४ मंसिर २०८०, बिहीबार ०८:०५

मङ्सिर १४, कर्णाली | कर्णाली प्रदेशमा कार्यरत प्रहरीले ड्युटीको समयमा मोवाइल चलाउन नपाउने भएका छन्। प्रदेश प्रहरी कार्यालयले ड्युटीमा रहेका प्रहरीलाई फोन प्रयोग नगर्न परिपत्र गरेको छ। यो नियम टीम कमाण्डरको हकमा भने लागू नहुने प्रहरीले जनाएको छ।


‘ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई जरुरी परे कमाण्डरको फोन प्रयोग गर्न दिन निर्देशन दिएका छौं,’ कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम ढकालले भने, ‘सुरक्षाजस्तो संवेदनशिल कार्यमा खटिएको कर्मचारीले एक चित्त लगाएर आफ्नो क्षेत्र र विषयमा मात्र ध्यान केन्द्रीत गरुन भनेर मोवाइल प्रतिवन्ध लगाएका हौं।’

डिआइजी ढकालले मोवाइल प्रयोग नगर्दा सुरक्षा निगरानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने, सामाजिक सञ्जालको दुरुपयोग हुनबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने, प्रहरी कर्मचारीको मोवाइल बचत हुने भएकाले यस्तो निर्णय गरिएको बताए।

उनले यस्तो कार्यले नागरिकको विश्वास प्रहरीप्रति बढ्ने पनि बताए। उनले ड्युटीको समयमा मोवाइल नचलाउन सबै जिल्लाहरु, गण, तालिम केन्द्र, इलाका प्रहरी चौकीमा परिपत्र गरिनुका साथै प्रभावकारी ब्रिफिङ गर्नुका साथै अनुगमनको व्यवस्था मिलाइएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार