२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

माल्टा जान गरेको छ लाख लगानी डुबेपछी परिवारले रोक्दारोक्दै रुसी सेनामा पुगेका थिए गंगाराम

१४ मंसिर २०८०, बिहीबार ०८:२९

मङ्सिर १४, काठमाडौँ | इलाम नगरपालिका–९ (साबिक इनपा–५) स्थायीबासी गंगाराम मोक्तान नेपाली सेनाको सात वर्षे जागिर छाडेर चार वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। त्यसयता उनी घर फर्केका थिएनन्। घरमा उनले दुबईमा राम्रो कमाइ नभएको खबर पनि नगरेका होइनन्। र, रुसी सैनिकमा भर्ना हुने योजना पनि सुनाएका हुन्।

तर, परिवारले उनलाई रुसमा ‘जोखिम’ मोल्न जान सल्लाह दिएन। गंगारामले ‘यताबाट धेरै नेपालीलाई लाँदैछ, केही हुँदैन। राम्रो कमाइ हुने कुरा छ, जान्छु’ परिवारलाई ‘कन्भिन्स’ गरे।

गंगारामले दुबईमै रहँदा अझ राम्रो कमाइ हुने सोचेर माल्टा जाने प्रयास पनि गरे। तर, यसमा लगानी गरेको छ लाख रुपैयाँ त्यसै डुब्यो। फेरि त्यति नै रकम खर्चेर उनले युक्रेनसँग युद्धरत रुसको सैनिक बनेर जाने निधो गरे।


त्यही अठोटअनुसार गंगाराम करिब दुई महिनाअघिमात्र रुसी सेनामा भर्ना भए। भर्नापछि उनले आफ्ना तस्बिर र सैनिक तालिमको भिडियो क्लिप्ससमेत इमोमार्फत् घर पठाएका थिए।

‘त्यहाँ मासिक एक लाख ९५ हजार रुबल हुन्छ भन्नुभएको थियो तर तलब लिनुभएको थिएन,’ गंगारामकि पत्नी याङ्गिलाले भनिन्, ‘घर–परिवारका सबैको जन्म दर्ता, नागरिकतालगायत कागजसमेत लानुभएको थियो। ती कागज दुईमा हुँदाको उहाँकै कोही नेपाली साथीसँग छ भन्ने सुनेकी छु तर चिनेकी छैन ।’ 

गंगारामले करिब दुई हजार नेपाली युवा आफूजस्तै रुसी सेनामा जाँदै गरेको पनि आफ्नो परिवारलाई सुनाएका थिए । तर, याङ्किलाले उनीहरू कसैलाई चिनेकी छैनन् । भन्छिन्, ‘ती महत्त्वपूर्ण कागजात जोसँग छ, उहाँ पनि सम्पर्कमा आउनुहुन्छ भन्ने विश्वास छ।’

तिनै गंगाराम युक्रेनसँगको युद्धमा  मारिए। मोक्तानको १५ नोभेम्बर २०२३ मा मृत्यु भएको खबर दूतावासले २४ नोभेम्बर २०२३ मा पुष्टि गर्‍यो। दूतावासले रुसी सेनाका अधिकारीबाट टेलिग्राममार्फत उनको ‘मेडिकल डेथ सर्टिफिकेट’ पाएको जनाएको छ। 

७० वर्षे कृष्णबहादुर मोक्तान र ६२ बर्सिया सन्तमायाका तीन छोरामध्ये गंगाराम कान्छा हुन्। जेठा छोरा आठ वर्ष उमेरमै परलोक भए। माहिला पनि वैदेशिक रोजगारीका लागि पाँच वर्षयता कोरियामा छन्।

याङ्गिलाले पति गंगारामको शव घर ल्याउने पहलका लागि सबैसँग आग्रह गरेकी छिन्। कृष्णबहादुरले सास नभएपनि छोराको मुख हेर्ने धोको आफूसँग रहेको सुनाए। वडा ९ का वडाध्यक्ष गोपाल चौहानले गंगारामको शव घर ल्याउन वडाले सकेसम्म पहल गरिरहेको बताए। ‘गंगारामको शव ल्याउन हामी सबै हिसाबले प्रयत्नरत छौँ,’ उनले भने, ‘स्थानीय सरकारले गर्न सक्ने जति प्रयास गरिरहेका छौँ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य