३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ललितपुरमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु

१४ मंसिर २०८०, बिहीबार ०८:४९

मङ्सिर १४, काठमाडौँ | ललितपुरको महालक्ष्मी नगरपालिका-६ लुभु सानागाउँमा नम्बर नखुलेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

नम्बर नखुलेको गाडीले बा.२९ प ९४८५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको प्रहरीलेजनाएको छ ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक महालक्ष्मी-८ लुभु घर भएका  ४३ वर्षीय दिनेश श्रेष्ठ र उनकी श्रीमती ३७ वर्षीया संगिता श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कृष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न शंकास्पद गाडीलाई लुभुस्थित खेतबाट प्रहरीले नियन्त्रणमा लिएको छ । हाल फरार गाडी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि