२०८३ असार २, मंगलबार | ०४:०८ बिहान

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एपीएफलाई ११ रनले हराउँदै मधेस प्रदेश केपी ओली कपको फाइनलमा

२०२३-११-३०

मङ्सिर १४, पोखरा  |  विभागीय टीम सशस्त्र प्रहरी बल (एपीएफ) लाई हराउँदै मधेस प्रदेश पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा एपीएफलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश फाइनलमा प्रवेश गरेको हो ।

मधेसले दिएको १९८ रनको विशाल लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रनमात्र बनाउन सक्यो ।


२२ रनमा २ विकेट गुमाएको एपीएफका लागि कप्तान प्रदीप ऐरी र सन्दीप जोराले शतकीय साझेदारी गरेका थिए । जोरा ५४ रन बनाएर आउट भए । प्रदीपले ५५, लोकेश बमले ३२, भुवन कार्कीले १३, सुमित महर्जनले १३, असिफ शेखले ४ र पुरन विकले ४ बनाउँदा अरुण ऐरी र अमर रौटेला शून्य रनमा आउट भए ।

बलिङतर्फ मधेसका विशाल पटेलले ३, कप्तान हरिशंकर शाह र प्रदीप पासवानले समान २-२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९७ रन बनाएको थियो । मधेसका लागि अनिल शाह र इम्रान शेखले अर्धशतक प्रहार गरेका थिए । शाह ३६ बलमा ५७ र शेख ३२ बलमा ५० रन बनाएर आउट भएका थिए । पवन सराफले ३३, रुपेश सिंहले २१, हिमांशु दत्तले १५ र कप्तान हरिशंकर शाहले १० रन बनाएका थिए ।

बलिङतर्फ एपीएफका मौसम ढकालले ३, अमर रौटेलाले २ र पुरन विकले १ विकेट लिएका थिए ।

यसअघि बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते