२०८३ असार २, मंगलबार | ०४:०६ बिहान

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्कार्पियो दुर्घटना हुँदा बेहुला बेहुलीसहित ८ जना घाइते

२०२३-११-३०

मङ्सिर १४, बर्दिया | बर्दियामा स्कार्पियो दुर्घटना हुँदा बेहुला बेहुलीसहित ८ जना घाइते भएका छन्। दुर्घटनामा परी २७ वर्षीय दुलाहा खुशीराम चौधरी र दुलही संगीता थापा मगर घाइते भएका छन्। 

दुर्घटनामा ५० वर्षीया लक्ष्मी चौधरी, ३१ वर्षीया अम्बिका थारु, ५५ वर्षीय गंगाराम चौधरी, ५० वर्षीया अग्नीदेवी चौधरी, ३३ वर्षीय सुरेश भुल र ३२ वर्षीया सीता चौधरी घाइते भएका हुन्।  


पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको रम्भापुर नजिकै दुलही लिएर पश्चिमतर्फ गइरहेको बा १८ च ३०१५ नम्बरको स्कार्पियो बाख्रा बचाउने क्रममा दुर्घटना भएको हो।

स्कार्पियो दुर्घटना हुँदा त्यसमा सवार ८ जना घाइते भएका छन्। बा १८ च ३०१५ नम्बरको स्कार्पियो बाख्रा बचाउने क्रममा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालका अनुसार चालक फरार  छन्।

घाइतेहरूको अवस्था मध्यम छ। ७ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। सिन्धुलीबाट दुलही लिएर कञ्चनपुर गइरहेको गाडी बर्दियामा दुर्घटना भएको हो। घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते