2026-09-16 10:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुराका केही गाबिसहरुमा लगाएको यस वर्षको वर्षेबालीको उत्पादनमा गिरावट

२८ /असोज, डडेल्धुरा | डडेल्धुराका केही गाबिसहरुमा लगाएको यस वर्षको वर्षेबालीको उत्पादनमा गिरावट आएको छ । जिल्लाका चिपुर, भद्रपुर, देवलदिव्यपुर लगायतका अन्य थुप्रै गाविसहरुमा यस वर्षको वर्षे बालीमध्ये धान, मकै, कोदोको उत्पादनमा कमी आएको हो । गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन घट्नुको मुख्य कारण ढिलो तथा कमजोर मनसुन भएको स्थानीयहरुले बताएका छन । बाढीपहिरो, डुबान, कटान आदिको समस्या वर्षेबालीमा पर्ने गरेकोमा यसवर्ष विगतका वर्षहरूको तुलनामा अत्यन्त कम मात्र असर परेको भए पनि उत्पादनमा भने कमी नै आएको छ । डाँठ कुहिने रोग लगायतका अन्य थुपै्र कारणबाट धान र मकैको उत्पादनमा कमि आएकोे जनाइएको छ । 

यस्तै उत्पादनका हिसाबले धान पछिको दोस्रो प्रमुख खाद्यान्न बाली मकैबालीमा पनि गतवर्षको तुलनामा यसवर्ष उत्पादनमा कमी आएको बताइएको छ । कोदो बालीमा उन्नत बीउ, मलजस्ता प्रविधिको प्रयोग गर्ने चलन कम भएका कारण यसको उत्पादकत्वमा पनि खासै वृद्धि हुन नसकेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु