नविन धमला/असोज २०, ओखलढुंगा । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नविन धमला/असोज २०, ओखलढुंगा । 
२०८३, २१ जेष्ठ बिहीबार
ओखलढुङ्गा - OKL

यातायात क्षेत्रमा बढ्दो अनियमीतता रोक्न ओखलढुंगा प्रहरी सकृय बन्दै

२०७३, ३० आश्विन आईतवार ०८:५४

नविन धमला/असोज ३०, ओखलढुंगा । यस वर्षको दशैँ सकिएको छ । हिन्दु नेपालीहरुले मान्यवरबाट टीका र जमरा तथा आशीर्वाद लिँदै दशैँ मनाएका हुन् । दसैँ सकिएसँगै कार्यक्षेत्रमा फर्कनेहरुको चहल पहल निकै बढेको छ । दसैँ मनाउन घर आएकाहरु पनि कार्यक्षेत्रमा फर्किन थालिसकेका हुन् । आवत जावत गर्नेहरुको चहल पहल बढेसँगै सडकहरुमा सवारी र यात्रुहरुको चाप बढेको छ । तर लगातारको वर्षाका कारण ओखलढुंगाका सबैजसो सडक खण्डहरुमा हिलो र पहिरोका कारण यात्रुहरु कस्टकर यात्रा गर्न बाध्यछन् । 


यता पर्वको समयमा यातायात व्यवसायीहरुले बढि भाडा लिएको गुनासो बढ्पछि ओखलढुंगामा प्रहरीले सकृयता बढाएको छ । प्रहरीले अनुगमन गरेर बढि भाडा लिने सवारीलाई कारबाहि गर्दै यात्रुहरुलाई बढि भाडा वापतको रकम फिर्ता गराउन थालेको हो । दसैँ पछि केहि दिनयता प्रहरीले दर्जन भन्दा बढि सवारीलाई कारबाहि गरेको छ भने,करिब ३ सय भन्दा बढि यात्रुबाट व्यवसायिले लिएको बढि भाडा बापतको रकम फिर्ता गराएको छ ।

 

क्षमता भन्दा बढि यात्रु बोक्ने,सवारी नियम उलंघन गर्ने र यात्रुलाई ठग्नेलाई कारबाहि गरिएको अस्थाई ट्राफिक प्रहरी ईन्चार्ज कुमार फुयालले बताउनुभयो । बढि भाडा लिएको भए तत्काल प्रहरीलाई खबर गर्न उहाँले सबैलाई आग्रह समेत गर्नुभएको छ । यातायात क्षेत्रमा अनियमीतता गर्नेहरुलाई सुरु सुरुमा सम्झाएर छाडिएको र लगातार अनियमीतता गरिरहेको पाईएपछि कानुनी कारबाहि सुरु गरिएको जिल्ला प्रहरी प्रमुख मिलन केसीले बताउनुभयो । 

कुनैपनि हालतमा गैरकानुनी गतिविधी हुन नदिने भन्दै कानुन विपरित काम गर्नेलाई तत्काल पक्राउ गरेर मुद्धा चलाउने प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीलेचेतावनी दिनुभयो । यातायातका क्षेत्रमा अनियमीतता गर्नेलाई कानुन अनुसार कडा कारबाहि गरिने भएकाले यसमा सहयोग गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सबैलाई आग्रह गरेको छ ।


यो पनि पढ्नुहोस्

ओखलढुंगाका सिडियो र डिएसपी सडकमा उत्रिएपछि………………… 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश