नविन धमला/असोज २०, ओखलढुंगा ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नविन धमला/असोज २०, ओखलढुंगा । 
५ कार्तिक २०८१, सोमबार
ओखलढुङ्गा - OKL

यातायात क्षेत्रमा बढ्दो अनियमीतता रोक्न ओखलढुंगा प्रहरी सकृय बन्दै

३० आश्विन २०७३, आईतवार ०८:५४

नविन धमला/असोज ३०, ओखलढुंगा । यस वर्षको दशैँ सकिएको छ । हिन्दु नेपालीहरुले मान्यवरबाट टीका र जमरा तथा आशीर्वाद लिँदै दशैँ मनाएका हुन् । दसैँ सकिएसँगै कार्यक्षेत्रमा फर्कनेहरुको चहल पहल निकै बढेको छ । दसैँ मनाउन घर आएकाहरु पनि कार्यक्षेत्रमा फर्किन थालिसकेका हुन् । आवत जावत गर्नेहरुको चहल पहल बढेसँगै सडकहरुमा सवारी र यात्रुहरुको चाप बढेको छ । तर लगातारको वर्षाका कारण ओखलढुंगाका सबैजसो सडक खण्डहरुमा हिलो र पहिरोका कारण यात्रुहरु कस्टकर यात्रा गर्न बाध्यछन् । 


यता पर्वको समयमा यातायात व्यवसायीहरुले बढि भाडा लिएको गुनासो बढ्पछि ओखलढुंगामा प्रहरीले सकृयता बढाएको छ । प्रहरीले अनुगमन गरेर बढि भाडा लिने सवारीलाई कारबाहि गर्दै यात्रुहरुलाई बढि भाडा वापतको रकम फिर्ता गराउन थालेको हो । दसैँ पछि केहि दिनयता प्रहरीले दर्जन भन्दा बढि सवारीलाई कारबाहि गरेको छ भने,करिब ३ सय भन्दा बढि यात्रुबाट व्यवसायिले लिएको बढि भाडा बापतको रकम फिर्ता गराएको छ ।

 

क्षमता भन्दा बढि यात्रु बोक्ने,सवारी नियम उलंघन गर्ने र यात्रुलाई ठग्नेलाई कारबाहि गरिएको अस्थाई ट्राफिक प्रहरी ईन्चार्ज कुमार फुयालले बताउनुभयो । बढि भाडा लिएको भए तत्काल प्रहरीलाई खबर गर्न उहाँले सबैलाई आग्रह समेत गर्नुभएको छ । यातायात क्षेत्रमा अनियमीतता गर्नेहरुलाई सुरु सुरुमा सम्झाएर छाडिएको र लगातार अनियमीतता गरिरहेको पाईएपछि कानुनी कारबाहि सुरु गरिएको जिल्ला प्रहरी प्रमुख मिलन केसीले बताउनुभयो । 

कुनैपनि हालतमा गैरकानुनी गतिविधी हुन नदिने भन्दै कानुन विपरित काम गर्नेलाई तत्काल पक्राउ गरेर मुद्धा चलाउने प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीलेचेतावनी दिनुभयो । यातायातका क्षेत्रमा अनियमीतता गर्नेलाई कानुन अनुसार कडा कारबाहि गरिने भएकाले यसमा सहयोग गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सबैलाई आग्रह गरेको छ ।


यो पनि पढ्नुहोस्

ओखलढुंगाका सिडियो र डिएसपी सडकमा उत्रिएपछि………………… 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय