2026-07-06 07:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाका सिडियो र डिएसपी सडकमा उत्रिएपछि………………… (फोटो फिचर)


पूर्णप्रसाद न्यौपाने/असोज १९, ओखलढुंगा । ओखलढुंगामा स्थानिय प्रशासनद्धारा सवारी दुर्घटना न्यूनिकरण विषेश अभियान सुरु भएको छ । देशैभर सवारी दुर्घटना बढेको भन्दै ओखलढुंगामा स्थानिय प्रशासनले विषेश सतर्कता सहितको अभियान सुरु गरेको हो । अभियान अन्तरगत केहि समय अघि टाईम कार्डको नियम सुरु गरेको प्रशासनले यात्रु सन्तुष्टिर गुनासो सर्भेक्षण फाराम वितरणको काम सुरु गरेको छ । प्रहरीले उक्त फारम यात्रुलाई हरेक दिन उपलब्ध गराउने र यात्रुले फारम भरेर प्रहरीलाई बुझाउनु पर्ने जिल्ला प्रहरी प्रमुख मिलन केसीले बताउनुभयो ।

यात्राका क्रममा केहि समस्या परेको भए वा सुधारका लागि केहि आवश्यक देखिएमा निशंकोच गुनासो फारम भरेर बुझाउन सक्ने उहाँको भनाई छ । सुरक्षित यात्राका लागि सवारीमा यात्रा गर्दा आएका समस्या समेटेर गुनासो फारम तयार गरि यात्रुहरुबाट भरेर आएका गुनासा सम्बोधन तथा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । दुर्घटना न्यूनिकरणमा सबैको भूमिका महत्वपूर्णहुने भन्दै पवित्र अभियानमा सबैले हात्तेमालो गर्नुपर्ने प्रजिअ अधिकारीको भनाई छ । 

प्रहरीले दशैँ सुरु भएसँगै सुरक्षा चेकजाँच, मनपरि भाडा असुलिको अनुगमन र यात्रुहरुको गुुनासो संकलनको काम तिव्र पारेको छ । मंगलबार जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको आयोजना एवम् ट्राफिक प्रहरी र यातायात व्यवसायिक संघहरु विचको समन्वयमा “सुरक्षित यात्राका लागि सवै जिम्मेवार वनौ“भन्ने नारा सहित सदरमुकाम स्थित रमाईलोडाँडामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले यातायात व्यवसायी,चालक,सरोकारवाला र यात्रुहरुसँग अन्तरक्रिया गर्नुभएको हो । सवारी साधानमा क्षमता भन्दा वढी यात्रु नहाल्न र यात्रुहरुलाई यात्रा गर्दा पर्न जाने कठिनाईलाई निराकण गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् । सावर्जनिक स्थानहरुमा तोकिएको भाडादर टाँस गरिने र यात्रुलाई ठगिनबाट जोगाउने कार्यक्रम समेत रहेको प्रहरीले जनाएको छ ।

सोमबार मात्रै ओखलढुंगामा करिब ६० जना यात्रुसँग सवारीले लिएको बढि भाडा फिर्ता गराईएको थियो । प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख आफँै सडकमा उत्रिएर सवारी चेकजाँच गर्नुभएको थियो । 


दशैको चहल पहल सुरु भएसँगै सडक सुरक्षा मजबुत बनाईएको  ट्राफिक प्रहरी ईन्चार्ज कुमार फुयालले जानकारी दिनुभयो । माथील्लो सगरमाथाका तिन वटै जिल्ला ओखलढुंगा,खोटाङ र सोलुखुम्बु चल्ने यात्रुबाहक सवारीले यात्रुसँग मनपरि भाडा असुल्ने गरेको गुनासो बढिरहेको छ । एकतर्फ मात्र यात्रु पाउने भन्दै यस क्षेत्रमा सञ्चालन हुने सवारीले दोहोरो भाडा असुल्ने गरेको स्रोतले जनाएको छ । स्थानिय प्रशासनले भने यात्राका क्रममा ठगिएमा उजुरी गर्न भनेको छ ।
 
 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने