2026-06-24 04:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रोपवेले कृषि उत्पादन ढुवानीमा सहज

असोज ३०, पाल्पा । लुम्बिनी अञ्चलमै पहिलो पटक पाल्पाको कोलडाँडामा रोपवे सञ्चालनमा आएपछि यहाँका बासिन्दालाई सामान ओसारपसारमा सहज भएको छ । 

जिल्लाको ग्रामीण विकट भेगका यहाँका नागरिकले वर्षौसम्म चार घन्टाको उकालो बाटो सामान बोकेर जीविकोपार्जन गर्दै आएकामा अहिले रोपवे सञ्चालनमा आएदेखि नै गाउँको मुहार फेरिएको हो । । 

सिद्धार्थ राजमार्ग अन्तर्गत कोलडाँडा गाविस– ८ खमौरी र मस्यामकोे चरचरेसम्म झन्डै एक किलोमिटरको दुरीमा रोपवे सञ्चालन गरिएपछि अहिले दुई मिनेटमै उत्पादित तरकारी, फलफूल बजारसम्म पु¥याउन र बजारबाट दैनिक उपभोग्य बस्तु घरसम्म ल्याउन निकै सजिलो भएको छ । 

रोपवे सञ्चालनमा आएपछि यस क्षेत्रका १६० घरपरिवारको कृषि उत्पादनमा आकर्षण बढ्दै गएको स्थानीयवासी धु्रवप्रसाद पङ्गेनी बताउनुहुन्छ । 

यहाँका किसानले रोपवेकै माध्यमबाट गाउँमा उत्पादन भएका दैनिक ५० किलो भन्दा बढी तरकारी, फलफूललगायतका विभिन्न कृषि उपज तानसेन बुटवल लगायतका बजारमा पु¥याउन सफल भएको कोलडाँडा गाविस– ८ का वडा नागरिकमन्च संयोजक हस्तबहादुर आलेको भनाइ छ । 

रु १७ लाख ६४ हजारको लागतमा सो रोपवे सञ्चालनमा ल्याइएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ