१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल प्रहरी र सशस्त्रका आईजीसँग सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले गर्‍यो सोधपुछ

६ फाल्गुन २०८०, आईतवार १०:१५

फागुन ६, काठमाडौँ | नेपाल प्रहरीका महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले सोधपुछ गरेको छ।

आयोगको सिंहदरबारस्थित पुरानो गृहमन्त्रालयको कार्यालयमा बोलाएर दुबै आईजी (कुँवर र अर्याल)सँग सोधपुछ गरिएको हो। उनीहरु दुबै जनालाई केही दिनअघि मात्रै बोलाएर सुनका विषयमा सोधपुछ गरिएको स्रोतले जानकारी दियो।

‘अनुसन्धान गरेका निकायका प्रमुख तथा भन्सार र राजश्वमा खटिएका सुरक्षाकर्मीका प्रमुखसँग सोधपुछ गरिएको हो। उहाँहरुले आफ्नो निकायले के कसरी काम गरेका छन् भन्नेबारे प्रष्ट्याउनु भयो। यसले हाम्रो छानबिनमा केही सहयोग पुग्ने नै छ’ आयोगका एक सदस्यले भने।


यता आयोगका अध्यक्ष डिल्लीराज आचार्यले पनि आईजीद्वयसँग सोधपुछ गरिएको पुष्टि गरे। उनले भने, ‘उहाँहरु (आईजीद्वय कुँवर र अर्याल)सँग सोधपुछ भन्दा पनि परामर्श तथा छलफलका लागि बोलाइएको थियो। उहाँहरुसँग परामर्श लिएर काम गर्दा थप प्रभावकारी हुने भएकाले हामीले बोलाएका थियौं। उहाँहरुले हामीलाई सहयोग गर्नुभयो। कुरा यति नै हो।’

यसअघि आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)कि प्रमुख किरण बज्राचार्यसहित अनुसन्धानमा संलग्न प्रहरी अधिकारी, माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा हाल कारागारमा रहेका राहुल महरा, अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुन, थुनामा रहेका गोरे भनिने चुडामणि उप्रेतीलगायतसँग बयान लिएको थियो।

गत साउन २ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएर बाहिरिँदै गरेको ६१ किलो सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। उक्त सुनको अनुसन्धानपछि सीआईबीले गरेको थियो।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सुन तस्करी प्रकरणको अनुसन्धानका लागि छुट्टै स्वतन्त्र आयोग गठन गर्नुपर्ने भन्दै संसद् अवरुद्ध गरेपछि भदौ ६ गते एमालेसहित सात दलबीच आयोग गर्ने सहमति भएको थियो। सीआईबीको अनुसन्धान सकिएपछि असोज १४ गते सरकारले आयोग गठन गरेको थियो।

पूर्वन्यायाधीश आचार्यको अध्यक्षतामा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की र गृहमन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य रहेको चार सदस्यीय आयोग गठन गरेको थियो।

पुस १६ गतेसम्मको म्याद आयोगलाई दिइएको थियो। तर त्यतिबेलासम्म काम नसकिने भन्दै आयोगले म्याद थपका लागि प्रस्ताव गरेपछि थप दुई महिना अर्थात फागुन १५ गतेसम्मको म्याद पाएको थियो। अब आयोगको म्याद सकिन एक साता मात्रै बाँकी छ। अब छानबिनका कामहरु सकेर आयोगले प्रतिवेदन तयार पार्न लागेको छ।

प्रतिवेदनमा क–कसको भूमिका के देखिन्छ, कसलाई कारबाही गर्नका लागि सिफारिस गर्नेसम्मको विषयहरु उल्लेख गरिने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ