२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दर्लामचौरमा विपक्षीबाट भारी कार्यकर्ता एमालेमा प्रवेश

२०७३, ३ कार्तिक बुधबार १३:००

प्रेम सुनार/कात्तिक ३, गुल्मी । विपक्षी राजनैतिक दलबाट नेकपा एमाले गुल्मीले दर्लामचौर गाविसमा भारी कार्यकर्ताहरु आफ्नो पार्टीमा प्रवेश गराएको जनाईएको छ । 

माओवादी केन्द्रका पुर्व जिल्ला सदस्य तोथनाथ सापकोटा, वाईसियलका पुर्व गाविस ईन्चार्ज जंगबहादुर महत, नेपाली कांग्रेसबाट त्यस गाविसका पुर्व उपाध्यक्ष महेन्द्र अधिकारी नेपाली कांग्रेसबाटै गाउँ कार्य  समिति सदस्य रामबहादुर कुँवर सहित ६४ जना कार्यकर्ता प्रवेश गरेको सो पार्टीका क्षेत्रिय सचिव ओम कार्कीले जानकारी दिए ।

तोयनाथ सापकोटा  प्रवेश गरेको सम्वन्धमा नेकपा माओवादी केन्द्र गुल्मीका सह ईन्चार्ज सुदर्शन वराल संग प्रतिकृया माग्दा उनले तोयनाथ जस्ता  व्यक्तिगत स्वार्थका लागि छेपाराले झै छिनछिनमा राजनैतिक रङ्ग फेर्नेहरु आउने जाने गर्ने कुराले खासै फरक नपर्ने बताए ।  

उनले भने –‘त्यस गाविसका पुर्व गाविस सचिव हुँदा देखि नै  उनि कहिले मण्डले , कहिले काग्रेुस बन्दै  चल्तापुर्जा भलाद्मी बने तर त्यसरी नै दल फे्र्दै जाँदा उनको जनधार टुङ्गियो  । त्यही क्रममा हामीले जनयुद्ध ताका  कार्वाही गर्ने डरले नेपाली कांग्रेस परित्याग गरी माओवादी बनेका थिए । 

आज एमाले बने छन् तर भोली राप्रपा भने पनि कुनै आश्चर्यको् विषय हुने छैन् ।’

नेपाली काग्रेसको भने कुनै प्रतिकृया आएको छैन् । यता  नव प्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रिय सचिव तथा क्षेत्र नम्वर ३ का सांसद गोकर्णराज विष्ट लगायतका नेताहरुले फुलमाला अविर लगाए र पार्टीमा भव्य स्वागत गरेका  थिए ।

दर्लामचौरको ठाडुङ्गामा नेकपा एमाले ईलाका नम्वर १३ स्तरिय आम सभामा नेता विष्ट,  सोही  पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष मधुकृष्ण पन्त , क्षेत्र नम्वर ३ का ईन्चार्ज लक्ष्मण पराजुली,    जिल्ला सचिवालय सदस्य लक्ष्मण विष्ट, क्षेत्रिय सचिव  ओम कार्की लगायतले मन्तव्य राखेका थिए । दर्लामचौर गाउँ कमिटी अध्यक्ष प्रेमनारायण भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य नारायण पैयाँनीको सञ्चालन रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल