Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दर्लामचौरमा विपक्षीबाट भारी कार्यकर्ता एमालेमा प्रवेश

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार | कात्तिक ३, गुल्मी । विपक्षी राजनैतिक दलबाट नेकपा एमाले गुल्मीले दर्लामचौर गाविसमा भारी कार्यकर्ताहरु आफ्नो पार्टीमा प्रवेश गराएको जनाईएको छ ।

माओवादी केन्द्रका पुर्व जिल्ला सदस्य तोथनाथ सापकोटा, वाईसियलका पुर्व गाविस ईन्चार्ज जंगबहादुर महत, नेपाली कांग्रेसबाट त्यस गाविसका पुर्व उपाध्यक्ष महेन्द्र अधिकारी नेपाली कांग्रेसबाटै गाउँ कार्य  समिति सदस्य रामबहादुर कुँवर सहित ६४ जना कार्यकर्ता प्रवेश गरेको सो पार्टीका क्षेत्रिय सचिव ओम कार्कीले जानकारी दिए ।

तोयनाथ सापकोटा  प्रवेश गरेको सम्वन्धमा नेकपा माओवादी केन्द्र गुल्मीका सह ईन्चार्ज सुदर्शन वराल संग प्रतिकृया माग्दा उनले तोयनाथ जस्ता  व्यक्तिगत स्वार्थका लागि छेपाराले झै छिनछिनमा राजनैतिक रङ्ग फेर्नेहरु आउने जाने गर्ने कुराले खासै फरक नपर्ने बताए ।

उनले भने –‘त्यस गाविसका पुर्व गाविस सचिव हुँदा देखि नै  उनि कहिले मण्डले, कहिले काग्रेुस बन्दै  चल्तापुर्जा भलाद्मी बने तर त्यसरी नै दल फे्र्दै जाँदा उनको जनधार टुङ्गियो । त्यही क्रममा हामीले जनयुद्ध ताका  कार्वाही गर्ने डरले नेपाली कांग्रेस परित्याग गरी माओवादी बनेका थिए । आज एमाले बने छन् तर भोली राप्रपा भने पनि कुनै आश्चर्यको् विषय हुने छैन् ।’

नेपाली काग्रेसको भने कुनै प्रतिकृया आएको छैन् । यता  नव प्रवेशीहरुलाई झण्डै १५ सय जना कार्यकताहरुको् विचमा नेकपा एमालेका केन्द्रिय सचिव तथा क्षेत्र नम्वर ३ का सांसद गोकर्णराज विष्ट लगायतका नेताहरुले फुलमाला अविर लगाएर पार्टीमा भव्य स्वागत गरेका  थिए ।

दर्लामचौरको ठाडुङ्गामा नेकपा एमाले ईलाका नम्वर १३ स्तरिय आम सभामा नेता विष्ट, सोही पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष मधुकृष्ण पन्त, क्षेत्र नम्वर ३ का ईन्चार्ज लक्ष्मण पराजुली, जिल्ला सचिवालय सदस्य लक्ष्मण विष्ट, क्षेत्रिय सचिव ओम कार्की लगायतले मन्तव्य राखेका थिए । दर्लामचौर गाउँ कमिटी अध्यक्ष प्रेमनारायण भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य नारायण पैयाँनीको सञ्चालन रहेको थियो ।