कात्तिक ४, नवलपरासी ।  आधुनिक यन्त्रहरुवाट गँहु र मुसुरो छर्न नवलपरासीका किसानहरु आकर्षित भएका छन् । अन्तराष्ट्रिय मकै तथा गँहु बाली सुधार केन्द्रद्धारा सञ्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ४, नवलपरासी ।  आधुनिक यन्त्रहरुवाट गँहु र मुसुरो छर्न नवलपरासीका किसानहरु आकर्षित भएका छन् । अन्तराष्ट्रिय मकै तथा गँहु बाली सुधार केन्द्रद्धारा सञ्"/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मेसिनवाट गँहु र मुसुरो छर्न नवलपरासीका किसानहरु आकर्षित

२०७३, ४ कार्तिक बिहीबार १३:१६

कात्तिक ४, नवलपरासी ।  आधुनिक यन्त्रहरुवाट गँहु र मुसुरो छर्न नवलपरासीका किसानहरु आकर्षित भएका छन् । अन्तराष्ट्रिय मकै तथा गँहु बाली सुधार केन्द्रद्धारा सञ्चालित दक्षिण एशियामा अन्नबाली सुधारका लागि पहल (सिसा) परियोजनाको प्राविधिक सहयोग पाएपछि किसानहरु आकर्षित भएका हुन् । उक्त परियोजना लुम्बिनि अञ्चलको नवलपरासी , रुपन्देही र कपिलबस्तुमा सञ्चालित रहेको परियोजनाका बाली विशेषज्ञ शालिन आचार्यले बताउनु भयो ।

यन्त्रहरुवाट गँहु र मुुसुरो छर्दा उत्पादन करिब बराबर भएपनि मेसिनले छर्दा लागत कम लाग्ने भएकाले बढि फाईदा हुने किसानहरुले बताएका छन् । बाझों खेतमा सिड ड्रिलवाट लगाईएको गँहुमा सिँचाईपनि कम हुने र जोत्न पनि नपर्ने भएकाले लागतमा कमि हुने किसानहरुको भनाई छ ।

बैज्ञानिक तरिकाले मेसिनवाट गँहु र मसुरो छर्ने सेवा प्रदायक किसानहरुको आज जिल्ला केषि विकास कार्यालय नवलपरासीमा भएको भेलामा किसानहरुले आधुनिक मेसिनको प्रयोगकोे सहजता र उपलब्धी बारेमा खुसी ब्यक्त गरेका थिए भने परियोजनाका बाली विशेषज्ञ आचार्यले सहजीकरण गर्नु भएको थियो । भेलामा कृषि यन्त्रीकरण र क्षेत्रफल बिस्तार , उत्पादन बढाउनका लागि प्राविधिक विकास र विस्तार , गँहु तथा मुसुरो छर्ने बारे योजना तर्जुमा , लगायतका विषयमा बृहत छलफल गरेका छन् ।

 गत वर्षहरुमा मेसिनवाट गँहु र मुसुरो छर्ने किसानहरु कम भएपनि अब यस प्रति किसानहरु आकर्षित भएपछि सेवा प्रदायक किसानहरु यो बर्ष धेरै किसानहरुलाई सेवा दिने र यस्को फाईदा बारे जानकारी समेत गराउने भएका छन् । यो बर्ष नवलपरासीमा करिब ५० विघा भन्दा बढि जग्गामा मेसिनवाट गँहु र मुसुरो छरि खेति गरिने भएको सिसा परियोजनाका सहजकर्ता आचार्यले बताउनु भयो । गँहु कात्र्तिकको अन्तिम हप्ता देखि मंसिरको दोस्रो हप्तासम्म छर्दा उत्पादनमा राम्रो हुने परियोजनाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा