2026-07-25 07:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सेवाग्राहीलाई सेवा दिन नसकेको भन्दै एनओसी शाखा प्रमुखले दिए राजीनामा

फागुन ३०, काठमाडौँ । सेवाग्राहीलाई सेवा दिन नसकेको भन्दै नो अब्जेक्सन लेटर (एनओसी) शाखा प्रमुखले पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित एनओसी शाखामा एनओसी लिन आउने सेवाग्राहीको अत्यधिक भीड बढेको तर, आफूले सेवा दिन नसकेको भन्दै प्रमुख शान्तिराम पौडेलले राजीनामा दिएका हुन् ।

रातोपाटीसँग कुरा गर्दै उनले सेवाग्राहीलाई सेवा दिन नसक्नुमा आफ्नो कमजोरी रहेको भन्दै शिक्षा मन्त्रालयमा राजीनामा पत्र बुझाएको बताए ।

‘यतिधेरै जनताको सेवा म आफैँ शाखा प्रमुख भएर दिन सकिन् । सेवा दिन नसकेपछि मेरो जागिर अगाडि बढाउन नैतिक धरातलले दिएन । यति धेरैलाई सेवा दिन नसक्नुमा मेरो कमजोरी रह्यो । नैतिकतामा आधारमा मैले जागिर खानु हुँदैन भनेर मैले आज शिक्षा मन्त्रालयमा गएर राजीनामा पेस गरेर हिँडे,’ उनले भने ।

शिक्षा सचिवलाई नभेटेपछि सहसचिव कालीप्रसाद पराजुलीलाई राजीनापत्र बुझाएर हिँडेको उनको भनाइ छ । राजीनामा पत्रमा उनले ‘जनता धेरै आए, मैले सेवा दिन सकिन, सेवा दिन नसक्नु मेरो कमजोरी रह्यो, त्यसैले यसको नैतिकताको जिम्मेवारी मै लिन्छु’ भन्ने ब्यहोरा उल्लेख गरेका छन् ।

अचेल दैनिक २ हजारभन्दा बढीको हाराहारीमा एनओसी लिन आउने सेवाग्राहीरू आउने गरेका छन् । तर, उनीहरूलाई प्रभावकारी ढंगबाट सेवा दिन नसकेको भन्दै आफूले नैतिकताको आधारमा राजीनामा दिएको बताएका हुन् । करिब तीन महिना अघि मात्रै उनी एनओसी शाखाको प्रमुख भएर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ