चैत ८, बैतडी | बैतडीको डिलासैनीमा एक पुरुषले कोदालो प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। कोदालो प्रहारबाट उनकी श्रीमती ५६ वर्षीया पार्वती धामीको मृत्यु भएको हो ।
बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले बिहीबार बिहान ९ बजे कोदालो प्रहार गर्दा उनकी श्रीमती ५६ वर्षीया पार्वती धामी, दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्ट गम्भीर घाइते भएका थिए।
घाइतेहरूको टाउको र अनुहारमा चोट लागेको छ भने उपचारका लागि हेलिकाेप्टरबाट कोहलपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। घटनामा संलग्न धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनको भनाइ छ।