2026-07-25 07:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आफ्नै उत्पादनले आत्मनिर्भर बन्न जुटे बर्दिवासका गृहणी

चैत १५, महोत्तरी | नगरपालिकाले गृहणीहरुलाई बाटेको धुप वनाउने तालिम प्रदान गरेपछि उनीहरु आयआर्जनसँगै आत्मनिर्भर वन्ने योजनामा जुटेका छन । 

महोत्तरीको बर्दिवास नगरपालिकावाट तालिमप्राप्त महिलाहरु समुह वनाएर स्वालम्बन वन्ने योजनामा जुटेका हुन । 

नगरमा नै पहिलो पटक वडा नं. १ वाट वुवारी वचत तथा ऋण समुहका गृहणीहरुले तालिम लिएका छन । 

विहान-वेलुकाको समय प्रयोग गरेर मात्र पनि नगर क्षेत्रको बजारलाई गृहणीहरुले उत्पादन गरेको धुपले आत्मनिर्भर वनाउन सकिने ऋण समूह की संचालक सान्ता काफ्लेले बताईन । 

‘नगरले आयातित धुपलाई रोक्ने हो भने नगरभरीका गृहणीहरुले उत्पादन गरेको धुप नै बजारमा काफि हुन्छ ।’ उन्ले भनिन । ‘यसो भयो भने घरमा नै चुलोचौका गर्ने महिलाहरुको गतिलो आम्दानीको स्रोत वन्न सक्छ ।’

धुपको तालिम लिएपछी समुहका महिलाहरु उत्साहित देखिएका छन ।  ऋण समूह की अध्यक्ष रिता अधिकारीले नगरले दिएको यो तालिम निक्कै फलदायी रहेको प्रतिक्रिया दिईन । उन्ले घरायसी काममा व्यस्त हुने महिलाहरुको विहान-वेलुकाको समयलाई नगरले उपयोग गर्नुपर्ने वताउदै आयातित सिन्के धुपलाई विस्थापन गरेर महिलाहरुले उत्पादन गरेको धुपलाई प्रयोग गर्नुपर्ने नीति वनाउन नगरसँग आग्रह गरेकी छन । 

सिन्के धुपको तुलनामा बाटेको धुप वास्नादार हुने र स्वास्थ्यका दृष्टिकोणले समेत फाईदा पुग्ने वताउदै नगरले गृहणीहरुलाई आयआर्जनसँग जोडनुपर्ने गृहणी  समूहले जोड दिएका छन  । 

यता नगरले पनि महिलाहरुको भावनालाई आत्मासाथ गर्दै महिला उधमी वनाउने योजना प्रत्येक वडासम्म लैजाने योजना वनाएको छ । पहिलो चरणमा वडा नं. १ वाट सुरु गरेको वताउदै नगरले प्रत्येक वडाका महिलाहरुलाई सिपसँग जोडने योजना वनाएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ