११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पाल्पाको विद्युत् कार्यालयमा तालाबन्दी

६ कार्तिक २०७३, शनिबार ०९:०९

कात्तिक ६, पाल्पा । बुटवल पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित आँधीखोला जलविद्युत् आयोजनाले विद्युत् महसुल वृद्धि गरेको विरोधमा उपभोक्ताले कार्यालयमा ताला लगाएका छन् । 

विद्युत् महसुल सङ्घर्ष समिति, नागरिक समाज, पत्रकार, उपभोक्ता र सरोकारवाला निकायले संयुक्त रुपमा गल्याङ, वालिङ र रामपुरका शाखा कार्यालयमा अनिश्चितकालसम्मका लागि शुक्रवार तालाबन्दी गरेका छन् । 

पटक/पटक महसुल वृद्धिको विरोध गर्दैआएका यस क्षेत्रका उपभोक्ताले विज्ञप्ति निकाली महसुल वृद्धि कम नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको सङ्घर्ष समिति रामपुरका अध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताउनुभयो । 

कम्पनीले विद्युत् महसुल वृद्धि गरेदेखि यस क्षेत्रका उपभोक्ताले तीन महिनादेखि विद्युत् महसुल रकम बुझाएका छैनन् । 

चरणबद्ध आन्दोलन गर्दै आएका उपभोक्ताले विद्युत् महसुल वृद्धि कम गर्न पटक÷पटक आग्रहगर्दै आए पनि कम्पनीले कुनै चासो नदिएको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन