१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उडिरहेको विमानको इन्जिनबाट धुवाँ निस्किए…

६ जेष्ठ २०८१, आईतवार ११:५१

जेठ ६, काठमाडौं । बेंगलुरुबाट कोची जाँदै गरेको एयर इन्डिया एक्सप्रेसको एक विमानको इन्जिनमा आगलागी भएपछि शनिवार राति आपत्कालीन अवतरण गरिएको छ । विमानमा सवार यात्रुहरूले दाहिने इन्जिनबाट धुवाँ निस्किएको देखेपछि विमानको आपत्कालीन अवतरण गरिएको थियो । 

आइएएक्स ११३२ जहाज १७७ जना यात्रु र ६ जना चालक दलका सदस्यसहित राति ११ः१२ बजे केम्पेगौडा विमानस्थलमा अवतरण भएको थियो । त्यतिबेला विमानस्थल प्राधिकरणले आपत्कालीन स्थितिको घोषणा गरेको थियो । विमानस्थलका अधिकारीहरूका अनुसार विमान अवतरण गरेको केही मिनेटमै आगो निभाइएको थियो ।


‘कोही यात्रु घाइते भएनन्, सबैलाई सुरक्षित रूपमा बाहिर निकाल्न चालक दलका सदस्यहरू सफल भए । यात्रुहरूलाई पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ र हामी वैकल्पिक व्यवस्थामार्फत सबै यात्रुहरूलाई जतिसक्दो चाँडो गन्तव्यमा पुर्‍याउने प्रयास गरिरहेका छौँ’ एक विज्ञप्तिमा एयर इन्डियाले भनेको छ ।

आइतबार बिहानको उडानमा १२२ यात्रुलाई कम्पनी कोची पठाइएको छ । बाँकी यात्रुहरूलाई अन्य उडानबाट पठाइने प्रवक्ताले बताए । बेंगलुरु कोची उडानमा समस्याको कारण पत्ता लगाउन नियामकसँगको सहकार्यमा अनुसन्धान गरिने एक विज्ञप्तिमा एयर इन्डियाले भनेको छ ।

हालैका महिनाहरूमा एयर इन्डियामा एकपछि अर्को समस्या आइरहेको छ । शनिवार तिरुवनन्तपुरमबाट बैंगलोर गइरहेको कम्पनीको अर्को उडानकाे जहाज प्राविधिक समस्या देखिएपछि तिरुचिरापल्ली एयरपोर्टमा आपत्कालीन अवतरण गरिएको थियो । 

उक्त विमानमा १३७ यात्रु थिए । रिपोर्टहरूकाअनुसार, १७ मे मा पनि बेंगलुरु आउँदै गरेको एयर इन्डियाको १७५ यात्रु सवार एक विमानको अक्सलरी पावर युनिटबाट चेतावनी आएपछि दिल्ली फर्काइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट