११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दलित समुदायबाट सिडियो बनेका बिश्वकर्मा अमेरिकामा सम्मानित

१० कार्तिक २०७३, बुधबार १३:०२


प्रेम सुनार/कात्तिक १०, गुल्मी । नेपाली अमेरिकन सोसाईटी फर अप्रेस्ड कम्युनिटि (नासो )को आयोजनामा विजया दशमी,दीपावली, छठ पर्व तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदन प्रदान तथा सांस्कृतिक साँझ कार्यक्रम मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा सफलता पूर्वक सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा अध्ययनको क्रममा अमेरिका आएका नेपालका दलित तथा न्यायको आन्दोलनमा लामो समय देखि योगदान गर्दै आएका र हाल प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत मान बहादुर विश्वकर्मा(बिद्या वारिधि )लाई नासो कम्यूनिटि अमेरिकाले सम्मान गरेको छ l

प्रमुख अतिथि समेत रहेका बिश्वकर्मालाई विशिष्ट अतिथि मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि महावाणिज्य दुत प्रेमराजा महतले नेपाली ढाकाको खादा लगाएर प्रजिअ विश्वकर्मालाई सम्मान गरेका थिए l सम्मानित भए पछि मन्तब्य राख्दै प्रमुख अतिथि को साथै सम्मान समेत हुन् पाईएकोमा नासो कम्युनिटीलाई बिशेष धन्यवाद दिए l

मन्तब्य कै क्रममा बिदेसिए पछि नेपालमा पलायन भए को हो कि भन्ने गरिन्छ त्यो पलायन नभई देशलाई परेको बेलामा जुटेर देश विकासमा ठुलो सहयोग गर्ने रहेछन भन्दै मुक्त कण्ठले गैर आवासीय नेपाली संघ तथा अन्य संघ/संस्थाको प्रसंसा गरे l उनले मन्तब्य कै क्रममा नेपालमा नया संबिधान आई सकेको छ ,धेरै विकास योजना बनि सकेका छन् ,अहिले बनाएका आयोजनाहरु समयमा सक्ने हो भने पाँच सात बर्षमा नेपालमा ठुलो काया पलट हुने बताए l

महावाणिज्य दुत प्रेमराजा महतले मन्तब्यको क्रममा कस्तुरीले बास्ना खोज्न डाँडा काँडा काट्नु पर्दैन पेट भित्र नै छ भन्ने उदाहरण दिदै नासो भित्र नै राष्ट्र चलाउने र राष्ट्रलाई ममता गर्ने क्षमता छ भन्दै नासोले गरेको कामको प्रसंसा गरे l

न्युजर्सीबाट बाल्टिमोर आएकी महिला अधिकार कर्मी तथा सामाजिक कार्यकर्ता बिष्णु माया परियार(मानार्थ बिद्या वारिधि )ले नासोको आफु संस्थापक सदस्य पनि रहेको बताइन l उनले अगाडी भनिन आफु प्रारम्भिक चरणमा नेपाली समुदाय संग त्यति आबद्ध हुन् सकेको थिइन् किनभने त्यस समयमा आफु छात्रावासमा बस्थे भन्दै नासो स्थापना भए पछि यसले आयोजना गरेका काममा आफु सहभागी हुने गरेको भन्दै संस्थाले गरेको कामको प्रशंसा गर्दै शुभकामना दिईन l

कार्यक्रममा प्रमुख अतिथि मान बहादुर बिश्वकर्मा ,महावाणिज्य दुत प्रेमराजा महत, गैरआवसीय नेपाली संघ,बाल्टिमोर ,अमेरिका नेपाली संघ (बाना), म्याग्दी समाज,नेपाली प्रवासी एकता मञ्च,जन सम्पर्क समिति लगायत वासिङ्गटन डि.सी महानगर क्षेत्र भित्रका विभिन्न नेपाली संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बानाका अध्यक्ष कुलमणि आचार्य ,महासमिति तथा जनसंपर्क समिति केन्द्रीय सदस्य वेद खरेल तथा अन्य अतिथि वक्ताहरुले नेपाली कला संस्कृति र पहिचानका लागि नासो जस्ता संस्थाहरुको भूमिकाको विषयमा चर्चा गर्दै शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम नासोका केन्दीय अध्यक्ष गोपाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सांस्कृतिक कार्यक्रममा बाल्टिमोरमा रहने चर्चित कलाकारहरु सिर्जना विरही थापा, अमृत रामदाम, मञ्जु थापा र सिर्जन ताम्राकार “ओकिली”का साथै न्यूयोर्कबाट उपस्थित भएका कलाकार प्रेम सेन्चुरीको विजोड प्रस्तुति रहेको थियो । अमेरिकामा पन्जेबाजाका लागि चर्चित एभरेष्ट व्याण्डले पन्चेवाजाको प्रस्तुती गरेका थिए ।

सन् २००४ मा डीसी महानगर क्षेत्रमा स्थापना भएको नासो कम्युनिटीको उद्देश्य समुदायको पहिचान तथा प्रबर्द्धन गर्नुको साथै यस समुदायको शिपलाई वृद्धि गर्दै सामाजीक आर्थिक उन्नति बारेमा अमेरिका तथा उत्तर अमेरिकामा ज्ञान गराउनुको साथै अन्तर सांस्कृतिक सामाजिक जीवनलाई एकिकृत गर्नु रहेको छ l श्रोत: दलित अनलाईन् 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित