2026-07-24 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गर्मीका कारण एक सातामा ५७७ हज यात्रीको मृत्यु

असार ५, काठमाडौँ । साउदी अरेबियाको मक्कामा गर्मीका कारण जुन १२ देखि जुन १९ सम्म ५ सय ७७ हज यात्रीको मृत्यु भएको छ ।

असार ५, काठमाडौँ । जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । जुन यस वर्षको उच्च थियो ।

द गार्डियनको रिपोर्टका अनुसार मृत्यु हुनेमा ३ सय २३ जना इजिप्टका र ६० जना जोर्डनका नागरिक छन् । यसबाहेक इरान, इन्डोनेसिया र सेनेगलका हज यात्रीको पनि मृत्यु भएको छ ।

साउदी कूटनीतिज्ञका अनुसार अधिकांश मृत्यु गर्मीका कारण बिरामी परेका कारण भएको हो । गर्मीका कारण बिरामी परेका करिब २ हजार हजयात्रीको उपचार भइरहेको साउदी अरेबियाले जनाएको छ ।

साउदी अरेबियाका अधिकारीहरूका अनुसार मक्कामा जलवायु परिवर्तनको गहिरो असर परिरहेको छ । यहाँको औसत तापक्रम हरेक १० वर्षमा ०.४ डिग्री सेल्सियसले बढिरहेको छ ।

अघिल्लो वर्ष २ सय ४० हजयात्रीको मृत्यु भएको थियो । तीमध्ये अधिकांश इन्डोनेसियाका थिए ।

साउदीले सबै यात्रूलाई छाता प्रयोग गर्न सल्लाह दिएको छ । यस बाहेक उनीहरूलाई लगातार पानी पिउन र घामबाट बच्न भनिएको छ ।

यस वर्ष करिब १८ लाख हजयात्री हजका लागि आएका छन् । जसमध्ये १६ लाख अन्य देशका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय