Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

तरुण दल र नेविसंघद्वारा आश्रमलाई कमल र खाद्यान्नका सामान

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कात्तिक ११, तेह्रथुम | नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी सघं तेह्रथुमले जिल्लाको एक मात्र श्रीकृष्ण प्रणामी वाल तथा वृद्धाश्रमलाई जाडोका लागि कमल लगायत खाद्यान्नका सामाग्री प्रदान गरेका छन् ।&nbsp;<br></p><p>नेपाल तरुण दलको ६४ औं स्थापना दिवसको अवसरमा तरुण दल र नेविसंघले संयुक्त रुपमा वाल तथा वृद्धाश्रमलाई सामानहरु प्रदान गरेका हुन् । आश्रममा रहने वालवालिका तथा वृद्धहरुलाई चिसो कटाउन सहज होस् भन्ने ध्येयले ४ थान कमल, छ पोका खानेतेल, आटा दुई पोका, चिनी &nbsp;पाँच के. जी.र जुस पाँच लिटर प्रदान गरिएको तरुण दल जिल्ला अध्यक्ष विपीन निङ्लेकुले जानकारी दिनुभयो ।</p><p>&nbsp;सामानहरुसहित आश्रममै पुगेका तरुण तथा विद्यार्थी नेताहरुले आश्रमको अवलोकन गर्दै त्यहाँ रहेका बालबालिका तथा वृद्ध–वृद्धाहरुको सहगार्थ सामानहरु प्रदान गरेको भन्दै आश्रम सन्चालक समितिका अध्यक्ष तथा कांग्रेस सभापति गोविन्द ढुंगानाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । &nbsp;आश्रममा हाल ९ जना बालबालिका तथा वृद्धवृद्धाहरु रहेका छन् । &nbsp;</p>