रमेश धामी /११ कार्तिक डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको वडा नं ८ जमरानीका यहि कार्तिक १२ र १३ गते सामाजिक घटनामा आधारीत नाटक “असल लोग्ने ” संचालन हुने भएको छ । केहि गरौ युवा समाज नामक युवा संगठनले उक्त नाटक संचचालन गर्न लागेको हो । पछिल्लो अवस्थामा समाजमा श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमेश धामी /११ कार्तिक डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको वडा नं ८ जमरानीका यहि कार्तिक १२ र १३ गते सामाजिक घटनामा आधारीत नाटक “असल लोग्ने ” संचालन हुने भएको छ । केहि गरौ युवा समाज नामक युवा संगठनले उक्त नाटक संचचालन गर्न लागेको हो । पछिल्लो अवस्थामा समाजमा श"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सामाजिक घटनामा आधारीत नाटक “असल लोग्ने ”डडेल्धुराको परशुराममा संचालन हुदै

११ कार्तिक २०७३, बिहीबार १६:३५

रमेश धामी /११ कार्तिक डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको वडा नं ८ जमरानीका यहि कार्तिक १२ र १३ गते सामाजिक घटनामा आधारीत नाटक “असल लोग्ने ” संचालन हुने भएको छ । केहि गरौ युवा समाज नामक युवा संगठनले उक्त नाटक संचचालन गर्न लागेको हो । पछिल्लो अवस्थामा समाजमा श्रीमान मान्छेले आफ्नो नैतिकता भुल्दै गएको र बिभिन्न चाँड पर्वमा समाजमा बिकृती फैलाउनका साथै महिला माथी बिभिन्न अपराधिक क्रियाकलाप हुने गरेकाले समाजमा घट्ने गरेका बिकृती न्युनिकरण गर्नका लागी सामाजिक घटनामा आधारीत नाटक “असल लोग्ने ” संचालन गर्न लागेको युवा समाजका संयोजक जगदिश बोहराले जानकारी दिनु भयो । डडेल्धुराको परशुराम नगरपालिका को ८ र ९ नं. वडाका युवाहरुले हातेमालो गरेर नाटक सञ्चालन गर्न लागेका हुन । शुभ दिपावलीको अवसरमा सञ्चालन गर्न लागेको नाटकले समाजमा भाइचाराको भावना र एकताको भावना सिर्जना गरी समाजको बिकासमा प्रेरीत हुन नाटकले ठुलो भुमिका खेल्ने युवा समाजका सचिव गोपाल सिंह धामीले बताउनु भयो ।  नाटकमा वडा नं. ८ डेबरी र ९ जमरानीका युवाहरुले महत्वपुर्ण भुमिका निभाउने छन् । आफुहरुको रुढिबादि समाजमा आधुनिकताको बिकास गरी समाजलाई सभ्य र बिकसित गर्न का साथै गाऊँ समाज बिकासका लागी केहि गर्नु पर्छ भन्ने उदेश्यले  ८ र ९ नं. वडाका युवाहरुले केहि गरौ युवा समाज स्थापना गरेको युवाहरुको भनाई छ । नाटक बैजनाथ माद्यमिक बिद्यालयको प्राङ्गगणमा बिहान १० बजे देखि साँझ ५ बजे सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ