कात्तिक १२, लहान | किसानलाई लक्ष्य गरी जोन डिलर कम्पनीले ५०३६ डी मोडलका नयाँ ट्र्याक्टर लहानबजारमा ल्याएको छ । 

लहानबजारको मेनरोड छेउमा रहेको विवे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, लहान | किसानलाई लक्ष्य गरी जोन डिलर कम्पनीले ५०३६ डी मोडलका नयाँ ट्र्याक्टर लहानबजारमा ल्याएको छ । 

लहानबजारको मेनरोड छेउमा रहेको विवे"/>

2026-09-12 07:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिराहाको लहानबजारमा जोन डिलर कम्पनीका ट्र्याक्टरहरु

कात्तिक १२, लहान | किसानलाई लक्ष्य गरी जोन डिलर कम्पनीले ५०३६ डी मोडलका नयाँ ट्र्याक्टर लहानबजारमा ल्याएको छ । 

लहानबजारको मेनरोड छेउमा रहेको विवेक अटोमोबाइल्स प्रालिले उक्त ट्र्याक्टरको बिक्री वितरण सुरु गरेकै दिन बिहीबार ६ वटा ट्र्याक्टर बिक्री भए । बिक्री शुभारम्भ गरिएको अवसरमा आयोजित कार्यक्रममा जोन डिलर कम्पनीका क्षेत्रीय प्रबन्धक श्याम पटेलले सिरहासहित सप्तरी र उदयपुरका किसानलाई लक्ष्य गरी लहानबजारमा नयाँ ट्र्याक्टरको बिक्री वितरण सुरु गरिएको जानकारी दिनुभयो । 

बजारमा आएको उक्त ट्र्याक्टर आधुनिक प्रविधि र हाइड्रोलिक क्षमताको भएकाले तराई तथा पहाडको बाटोमा सजिलै गुड्न सक्ने दाबी कम्पनीका प्रबन्धक बाबुराम श्रेष्ठको छ । उहाँका अनुसार किसानलाई सस्तो र सुलभ किसिमबाट ट्र्याक्टरको पार्टपुर्जा उपलब्ध गराउने व्यवस्था छ । रु १२ लाख ७५ हजार मूल्य पर्ने उक्त ट्र्याक्टरमा १३–६–२८ को टायर तथा मिटारक साफ्ट प्रयोग गर्नुका साथै अत्याधुनिक प्रविधि प्रयोग गरिएकाले कम तेलको खपतमा बढी काम गर्ने कम्पनीका क्षेत्रीय सर्भिस इन्जिनियर चन्द्रकुमार यादवले बताउनुभयो । 

दीपावली, तिहार र छठ पर्वका अवसरमा ट्र्याक्टर खरिदमा विशेष छुट दिने योजना कम्पनीको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस