डडेल्धुरा कर्तिक १२  । डडेल्धुरा जिल्लाका दुई हजार ८५ बढी शारिरिक अपाङ्गता भएकाहरु मध्ये सेवामा पहुँच २० प्रतिशत व्यक्तिहरुको मात्रै रहेको पाइएको छ । सन २०१३ को तथ्याङ्क अनुसार शारीरिक अपाङ्गता भएकाहरु दुई हजार ८५ मध्ये अहिले सम्ममा २० प्रतिशत व्यक्तिहरुको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डडेल्धुरा कर्तिक १२  । डडेल्धुरा जिल्लाका दुई हजार ८५ बढी शारिरिक अपाङ्गता भएकाहरु मध्ये सेवामा पहुँच २० प्रतिशत व्यक्तिहरुको मात्रै रहेको पाइएको छ । सन २०१३ को तथ्याङ्क अनुसार शारीरिक अपाङ्गता भएकाहरु दुई हजार ८५ मध्ये अहिले सम्ममा २० प्रतिशत व्यक्तिहरुको "/>
2026-06-24 07:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरामा शारिरिक अपाङ्गता भएका २० प्रतिशतको मात्रै सेवामा पहुँच

डडेल्धुरा कर्तिक १२  । डडेल्धुरा जिल्लाका दुई हजार ८५ बढी शारिरिक अपाङ्गता भएकाहरु मध्ये सेवामा पहुँच २० प्रतिशत व्यक्तिहरुको मात्रै रहेको पाइएको छ । सन २०१३ को तथ्याङ्क अनुसार शारीरिक अपाङ्गता भएकाहरु दुई हजार ८५ मध्ये अहिले सम्ममा २० प्रतिशत व्यक्तिहरुको मात्रै सेवामा पहुँच रहेको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ एनएनएसडब्लुएले जनाएको छ । शुक्रबार प्रशासन कार्यालय डडेल्धुरामा सरोकारवालाहरु संग गरेको छलफलका क्रममा एनएनएसडब्लुएले डडेल्धुरामा रहेका दुई हजार ८५ बढी शारिरिक अपाङ्गता भएकाहरुको सेवामा पहुँच पु¥याउन शिविर सञ्चालन गर्ने तयारी गरेको छ । सुदुरपश्चिमका नौ वटा जिल्लामा अपाङ्गता भएकाहरुको सेवामा काम गर्दै आएको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ एनएनएसडब्लुए कञ्चनपुरले अबको डेढ महिना भित्र डडेल्धुरामा शारिरिक अपाङ्गता भएकाहरुको उपचारका लागी एक दिने निःशुल्क शिविर सञ्चालन गर्ने जनाएको छ । दलित, अपाङ्गता, पिछडिएका वर्गको हक अधिकारका लागी काम गर्दै आएको एनएनएसडब्लुएले डडेल्धुरामा अपाङ्गता भएका मध्ये २० प्रतिशतको मात्रै सेवामा पहँुच भएको जनाउदै सन २०१८ सम्ममा ५० प्रतिशत पु¥याउने लक्ष्य लिएको संस्थाका कार्यकारी निर्देशक अशोकबिक्रम जैरुले बताएका छन । अमरगढी नगरपालिका भित्र मात्रै शारिरिक अपाङ्गता भएका व्यक्तिको संख्या दुई सय २७ छ ।

    यो डडेल्धुरा जिल्ला भरिकै उच्च शारिरिक अपाङ्गता भएको क्षेत्रको रुपमा लिईएको छ  । १८ गाविस मध्ये आलितालमा मात्रै दुई सय २४ जना शारिरिक अपाङ्गता भएका छन । परशुराम नगरपालिका, आलिताल डडेल्धुराको अन्य क्षेत्र भन्दा बढि शारिरिक अपाङ्गता भएका नागरिक छन । जोगबुढा क्षेत्रमा दुई बर्ष पहिले शिविर सञ्चालन गरिएकाले सम्पुर्ण ग्रामिण क्षेत्रमा रहेका अपाङ्गता भएकाहरुको सेवामा पहुँच पु¥याउन अबको डेढ महिना भित्र बेलापुर गाविसको शेरीमा शिविरको आयोजना गर्ने प्रशासन कार्यालयमा सरोकारवालाहरु संग शुक्रबार गरिएको अन्तरक्रियाले निर्णय गरेको छ । बेलापुर, नवदुर्गा, मणिलेक र कोटेली गाविसमा रहेका तिन सय ३१ शारिरिक अपाङ्गता भएकाहरुको उपचार एवम सेवामा पहुँच पु¥याउन बेलापुर गाविसको शेरीमा शिविरको आयोजना गरिने छ । डडेल्धुरामा रहेका शारिरिक अपाङ्गता भएकाहरुको निःशुल्क उपचारका लागी शिविर बस्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे