पूर्णप्रसाद न्यौपाने,कार्तिक १२, ओखलढुंगा । आधुनिक तथा प्रविधि मुलक कृषिमा जोड दिँदै कृषकहरु माझ प्रीय बनेका ओखलढुंगाका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद अधिकारीको सरुवा भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने,कार्तिक १२, ओखलढुंगा । आधुनिक तथा प्रविधि मुलक कृषिमा जोड दिँदै कृषकहरु माझ प्रीय बनेका ओखलढुंगाका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद अधिकारीको सरुवा भए"/>
2026-09-16 10:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाका वरिष्ठ कृषि विकास अधिकृत अधिकारीको भव्य विदाई

पूर्णप्रसाद न्यौपाने,कार्तिक १२, ओखलढुंगा । आधुनिक तथा प्रविधि मुलक कृषिमा जोड दिँदै कृषकहरु माझ प्रीय बनेका ओखलढुंगाका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद अधिकारीको सरुवा भएको छ । २ वर्ष अघि जिल्ला कृषि विकास कार्यालय प्रमुख बनेर आउनु भएका अधिकारीको राष्ट्रिय प्लान क्वारेनटाईन कार्यक्रम हरिहर भवन ललितपुर सरुवा भएको हो । किसान लक्षित  प्रविधिमुलक कार्यक्रम ल्याएर कृषकप्रीय बन्नुभएका अधिकारीलाई आज भव्य विदाई गरिएको छ । 

निमीक्त प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञावलीको प्रमुख आतिथ्यता एवम् कृषि विकास कार्यालय र मातहतका कर्मचारी तथा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तीहरुको उपस्थितीमा एक कार्यक्रमका बिच भव्य विदाई गरिएको हो । हिजो कर्मचारी मिलन केन्द्रले अधिकारीलाई विदाई गरेको थियो । 

वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद अधिकारीले ओखलुंगामा कृषकका गुणासो सुन्न र प्रारम्भीक खेती प्रणालीबारे जानकारी दिने कार्यलाई बढि प्राथमिकता दिनुभएको थियो,भने सबै कर्मचारीलाई खटिएको ठाँउमा बस्ने कार्यको थालनी, नियमीत अनुगमन, विभिन्न प्रकारका शिविर सञ्चालन गरेर गाँउ गाँउमा सेवा, जिल्लाभरी छरिएर रहेका सबै कृषक समुहको दर्ता, कार्यालय व्यवस्थापन लगाएतका नयाँ र प्रभावकारी कामको थालनी र व्यवस्थान गर्नुभएको छ ।

ओखलढुंगा बर्साइ अत्यन्तै प्रभावकारी र उपलब्धी मुलक भएको भन्दै सहयोग गर्ने सबै सरोकारवालाहरुलाई अधिकारीले धन्यवाद दिनुभयो । विदाई कार्यक्रम पछि साझासबालसँग कुरागर्दै उहाँले सुरुवात राम्रो भएकाले ओखलढुंगाका कृषकको क्षमता विकास र व्यवस्थीत कृषि प्रणालीका लागि भोलीको भविष्य पनि राम्रो रहेको बताउनुभयो । 

अधिकारीको सरुवा भएसँगै अब ओखलढुंगामा जिल्ला कृषि विकास कार्यालय प्रमुखको जिम्मेवारी लिएर झलकनाथ कंडेल आउनुहुने छ । कार्यालय प्रमुख अधिकारीसँगै लेखापाल श्याम नन्द ठाकुर र प्राविधिक सहायक सचितानन्द मिश्रलाई पनि आज विदाई गरिएको जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु