२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पाँचथरमा पशु विकास कार्यक्रमका लागि ५ करोड वढिको कार्यक्रम

२०७३, १३ कार्तिक शनिबार ०३:१७

कार्तिक १३, पाँचथर | जिल्ला पशु सेवा कार्यालय पाँचथरले आर्थिक वर्ष ०७३/०७४ मा  रु ५ करोड वढिको पशु विकास कार्यक्रम संचालन गर्ने भएको छ । कार्यालय प्रमुख वरिष्ठ पशु अधिकृत मोगलप्रसाद शाहले निक्षेपीत वजेट रु ४ करोड २९ लाख १७ हजार र केन्द्रिय वजेट सहित रु ५ करोड २१ लाख ९९ हजार वरावरको वजेट रहेको जानकारी गराउनुभयो ।

कार्यालयले पाँचथरको पशु सेवा केन्द्र मेमेङ अन्तर्गतका गाविसहरुमा चौरि तथा भेडिगोठ विकास कार्यक्रम संचालन गर्ने जनाएको छ । जस अन्तर्गत ७ लाख ५१ हजार बजेट बिनियोजन भएको जनाइएको छ । जैविक विविधता संरक्षण र संवर्धन कार्यक्रममा ठूलो परिणममा वजेट विनियोजन गरिएको छ । जसमा चौरी गोठहरुको आधारभूत सर्वेक्षण सहित समुह गठन, घुम्ति गोठ व्यवस्थापन, चरि चरन विकास, गोठ सुधार र परजिवि नियन्त्रणका कार्यक्रमहरु रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा भवन निर्माण अन्तर्गत २ करोड, कार्यलयको व्यवस्थापन मेशिनरी सामाग्रीहरुको खरिदमा ६ लाख, दुग्ध तथा दुग्ध पदार्थमा आत्मनिर्भर कार्यक्रममा २ लखा ५२ हजार, पशु आहारा विकास कार्यक्रममा ४ लाख ५० हजार, व्यवसायीक फर्म प्रवद्र्धन कार्यक्रमलाई ९ लाख ५० हजार, पशु प्रजनन् सेवा कार्यक्रमको लागि १० लाख ७५ हजार, पशुपंक्षि वजार प्रवर्धन कार्यक्रमलाई ३ लाख १६ हजार, पशु स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत २ लाख १० हजार, रोग निदान सेवामा एक लाख ९० हजार, क्षेत्रीय तथा कृषक स्तरका विभिन्न तालिमहरुमा एक लाख ५३ हजार सहित वजेट विनियोजन गरेको कार्यलय प्रमुख शाहले वताउनु भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो