2026-11-02 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पाल्पामा अदुवाले मूल्य नपाएपछि किसान चिन्तित

कात्तिक १८, पाल्पा । पाल्पाको प्रमुख नगदेबाली अदुवाले मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । 

दशैं तिहारका बेला अदुवाको राम्रो बजार मूल्यको खोजीमा रहेका किसानले अदुवाको मूल्य ओरालो लागेपछि झनै समस्यामा परेका हुन् । गत वर्ष प्रतिकिलो एक सय २० भन्दा माथि रहेको अदुवा अहिले ५० रुपैयाँभन्दा कम मूल्य भएपछि अदुवाको कारोबार प्रभावित भएको छ । 

विशेषगरी दसँैतिहारका बेला अदुवाको राम्रो मूल्य हुने गर्दथ्यो तर यसपालिको दशैंमा अदुवाको मूल्य झनै ओरालो लागेको किसानको भनाइ छ । पाल्पा मुभुङ्ग अदुवा सङ्कलन केन्द्रका सञ्चालकका अनुसार नयाँलाई प्रतिकिलो २० रुपैयाँ, पुरानोलाई प्रतिकिलो ५० रुपैयाँभन्दा कम मूल्य रहेकोले किसानलाई निकै मर्का परेको बताउनुहुन्छ । रु सयभन्दा बढी मूल्यमा खरिद गरी अदुवा रोपेका किसानलाई अहिले अदुवाको भाउ घटेपछि निकासी हुन सकेको छैन । 

अदुवाको मूल्य राम्रो नभएपछि किसानले अदुवा बारीबाट समेत खनेका छैनन् । जिल्लाका पश्चिम भैरवस्थान, कुसुमखोला, पालुङ्गमैनादी मुभुङ्ग, छहरा, सोमादी, भुवनपोखरी लगायतका गाविसबाट ठूलो मात्रामा अदुवा भारत निकासी हुने भएपनि यसपालि अदुवाको बजार राम्रो नभएपछि अदुवा किसानको बारीमा नै रहेको छ । 

भारतीय बजारमा अदुवाको निकासी हुने भए पनि यसपालि भारतीय बजारमा अदुवाको माग कम भएकाले नेपालमा उत्पादित अदुवाले बजार पाउन सकेको छैन । अदुवालाई सुकाएर सुठो बनाउन सकेको अवस्थामा आम्दानी राम्रो हुने थियो । मुभुङ्ग–७ का जङ्गबहादुर आलेका अनुसार अदुवाको मुल्य राम्रो नभएकाले अदुवा अझै बारीमा नै रहेको बताउनुहुन्छ । पैसा राम्रो नभएपछि बारीमा रहेको अदुवा खनेर बेच्दा खरिद मूल्यसमेत नउठ्ने किसानको भनाइ छ । 

पाल्पाको पश्चिम भेगमा सङ्कलित अदुवा जिल्लाको दोभान गाविसको प्रमुख सङ्कलन केन्द्रमा सङ्कलन गरी भारत निकासी हँुदै आएको छ । बजारमा अदुवाको मूल्य न्यून रहेपछि अदुवा सङ्कलन हुन समस्या भएको अदुवा सङ्कलन केन्द्रका सञ्चालक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द