2026-10-28 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका जिविस अधिकारी र नेताहरुलाई वाहिर निस्कन बन्देज

प्रेम सुनार । कात्तिक १८, गुल्मी । गुल्मीको ४ नम्वर ईलाका भित्र स्थानिय निकायको केन्द्र नराखेर त्यस ईलाकालाई टुक्राएको विरोधमा आन्दोलनरत स्थानिय वासीन्दाले आज जिल्ला विकास समितिमा धर्ना दिई रहेका छन् । 

उनिहरुले  स्थानिय निकाय निर्धारण प्राविधिक सहयोग समितिको कार्यदलले  केहि दिन अघि तयार पारेको  स्थानिय निकायको खाकामा मजुवा वा त्यस आसपासमा केन्द्र नराखेर अन्यत्रै राखेर ४ नम्वर ईलाका टुक्राउने काम गरेको विरोधमा विभिन्न नारा लगाउँदै जिल्ला विकास समितिको सभाहलमा सहभागी निमित्त स्थानिय विकास अधिकारी सरोज पोखरेल र  राजनैतिक दलका नेताहरुलाई ४ नम्वर ईलाका भित्रै अव बन्ने गाउँपालिकाको केन्द्र राख्नु पर्ने माग पत्र पेश गरेका छन् ।

आँपचौरका समाज सेवी जिवन खरेल संयोजक रहेको वार्ता, समन्व्य र संघर्ष समितिको नेतृत्वमा रुपाकोट, तुराङ्ग, आँपचौर, जुभुङ्ग, वलिथुम, दिव्रुङ्ग, लगायतका सयौं जनताले कार्यदललाई कथित कार्यदलको संज्ञा दिदै तत्काल उक्त खाका खारेजी गरेर वैज्ञानिक खाका तयार पार्ने निर्णय सुनाउन यहाँको राजनैतिक दल र सम्वन्धीत निकाय संग माग गरेको छन् ।

नत्र हामी फर्किदैनौ वरु भोकै यहि मर्न तयार छौं, आन्दोनरत समितिका संयोजक जीवन खरेलले निमित्त स्थानिय विकास अधिकारी पोखरेल लगायतका अधिकारी र दलका नेताहरुलाई चेतावानी दिदै भने तपाईहरुले उक्त खाका खारेज गरेर अर्को खाका तयार पार्ने निर्णय यस हलबाट नगरे हामी वाहिर निस्कन दिनेछैनौं । 

ईलाका नम्वर ४ को आधार नलिईकन, परामर्श विना, पायक नपर्ने गरी, ईतिहाँस देखिको अपसी सम्वन्ध, सद्भाव रहनसहनलाई वेवास्ता गर्दै र राष्ट्रिय नीति निर्देशन समेत मिच्दै गुल्मीको कार्यादलले खाका तयार गरेको आरोप लगाउँदै पुरै खारेजी गरी नयाँ सिराबाट अर्को खाका तयार गर्न माग गरिएको छ ।

तुराङ्गका निवर्तमान गाविस अध्यक्ष चेतन वस्नेतले भने–‘ क्षेत्र नम्वर २ को सदरमुकाम तम्घासको नजिकै १५ मिनेटको दुरी गौंडाकोटमा केन्द्र तोकिएको छ ।

त्यसको १५ मिनेट नजिकै भेडुवामा र त्यसको २०/२५ मिनेट दुरी घिउवेसीमा केन्द्र तोकिएको छ यता क्षेत्र नम्वर १ को खैरेनी देखि वामी टक्सार सम्म ४ घण्टाको दुरीमा र उता पर्वतको सिमाना पुर्तिघाट र यता वाग्लुङ्ग सिमना शान्तिपुरमा पनि ४/५ घण्टाको दुरीमा केन्द्र तोक्नु यो कत्तिको न्यायोचित हो ? यस्तो  अवैज्ञानिक र धेरैलाई अमान्य कथित कार्यदलको खाका तत्काल खारेज गरियोस् नत्र आन्दोलनको आँधुहुरी ल्याईने छ ।’

आन्दोलनमा स्थानिय महिला युवा, राजनैतिक दलका त्यस भेगका प्रभावशाली नेता शिक्षक वुद्धिजिवी, त्यस ईलाका अन्तरगत गाविसका निर्वतमान पदाधिकारी र समाज सेवीहरुको बाक्लो सहभागिता रहेको छ । आफुहरुको माग पुरा नभएसम्म तम्घासबाट घर नफर्किने र आन्दोलनको आकार दिन प्रति दिन बढाउँदै लगिने संर्घष समितिको सचिवालयले जनाएको छ ।

आफुहरुको माग पुरा नभए गेटमा ताला ठोक्ने तयारीमा उनिहरु रहेका छन् । हल भित्र जिविसका अधिकारी संगै नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, नेकपा एमालेका अध्यक्ष मधुकृष्ण पन्त, सचिव सोमनाथ सापकोटा, नेकपा माओवादी केन्द्रका जिल्ला सहईञ्चार्ज सुदर्शन वराल, जिल्ला संयोजक विरबहादुर कार्की  र राप्रपा नेपालका अनिल कक्षपति लगायत रहेका छन् ।

न्यायपुर्ण सिमाङकनका लागि शान्तिपुर्ण दवाव मुलक आन्दोलनको व्यानर टाँगेर वसेका त्यस भेगका नेता कार्यकर्ता र सर्वसाधरणहरु ‘ईलाका नम्वर ४ खोई ? जवाफ देउ । वैज्ञानिक सिमाङकनका लागि दवाव दिउँ । अवैज्ञानिक सिमाङकनको प्रस्ताव मान्दैनौं । कथित कार्यदलको खेस्रा खारेज गर । हाम्रो माग एउटै छ हाम्रो ईलाका हाम्रै केन्द्र । पुर्वधार भुगोलको वेवास्ता, राँको वाल्ने अवस्था ।’ भन्ने नारा लगाई रहेका छन् । रुपाकोट, तुराङ्ग, आँपचौर, जुभुङ्ग, वलिथुम, कुर्घा र दिव्रुङ्गलाई एउटै गाउँपालिका बनाएर सोही स्थानको पायक पर्ने स्थानमा केन्द्र राख्ने प्रस्ताव गरेका छन् ।

बाहिर भैलो, भित्र भाँडभैलो 

दलहरु विच भित्र सिमाङकन कसरी मिलाउने भन्ने विषयमा भाँडभैलो चलिरहेको बेला वाहिर आन्दोलनकारीले नाच्दै कुर्लिदै  भैलो भट्टाई रहेका थिए ।  भैलोमा ईलाका नम्वर ४ भित्रको भावनात्मक सम्वन्ध, राजनैतिक, सामाजिक, धार्मिक र सांस्कृतिक सम्वन्धका कुराहरु उल्लेख गरिएको छ भने त्यहाँको  भौतिक पुर्वधार, शैक्षिक अवस्था र अन्य  प्रयाप्त सामथ्र्यका कुरालाई समेटिएको थियो । 

घण्टौ पछि भित्र बैठक कक्षको भाँडभैलोको तनावबाट मुक्त हुनका लागि होला यसो वाहिर निस्केर चिहाउँदै गरेका निमित्त स्थानिय विकास अधिकारी सरोज पोखरेल संग अव  छिट्टै कुनै निर्णय वाहिर आउला ? भनेर सोध्धा  राती अवेर सम्म  आउला कि ? भनेर भन्दै थिए । साँझ तपाईहरु वाहिर निस्कनु हुन्छ ? भनेर प्रश्न गर्दा गेटमा  धर्ना वसी रहेका आन्दोलनकारीलाई देखाउँदै र हाँस्दै खै कसरी निस्कीने हो ? भनेर भन्दै थिए  । 

केहिवेर पछि वाज तालमा झुम्न थाले आन्दोलनकारी त्यस पछि त  सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरु पनि नाचौं नाचौ जस्तो गरेर नियाली रहेका थिए ।  वातवरण निकै रमाईलो हुन थाले पछि मानिसहरुको भिड पनि बढ्न थाल्यो । माओवादीले कुनै समय गरेको आम हड्तालको झल्को आयो । 

केहि वेर पछि आँपचौरका समाज सेवीले आन्दोलनरत साथीहरुलाई सम्वोधन गर्दै भने–‘ साथीहरु, हामीलाई भित्र वार्तामा वोलाईएको थियो, हाम्रो एक मात्र माग कथित कार्यदलले तयार पारेको खेस्रो  खारेज गर्ने लिखित  सहमति नभए सम्म हामीले मान्दैनौ भनेर फर्किएका छौं, अव नारा लगाउने र रातैभरी  नाच्दै गाउँदै बसौं ।’

उनको  सम्वोधनको ताली घन्कीए संगै फेरी भैलो भट्टाउन सुरु गरियो । दलका नेता र  जिविसका अधिकारीहरु उनिहरुको माग सम्वोधन गर्न नसके सम्भवतः आज रातै भरी भित्र सिमाङनको भाँडभैलोमा रहने छन  भने यता बाहिर आन्दोलनकारी भैलोमा  रम्ने छन् । पहिलो चरणमा तिन दिन सम्मको आन्दोलनका विभिन्न कार्यक्रमहरु तय गरिएको जनाईएको छ । 

आन्दोलनले संयुक्त रुप लिँदै   

ईलाका नम्वर ४ को आन्दोलनले संयुक्त आन्दोलन सिर्जना गर्ने देखाएको छ ।  उनिहरु संगै आज मुसिकोट , बडागाउँ र पौदीअमराई पनि वामीलाई केन्द्र नमान्ने भन्दै सदरमुकाम छिरेका छन् । उता नेता र दर्लिङ्ग गाविस  र अर्जै गाविसका नेता कार्यकर्ता र समाजसेवीहरु पनि अर्खवाङ्गलाई केन्द्र नमान्ने भन्दै सदरमुकाम भित्रिएका छन् । 

ईस्मा पनि आन्दोलनको तयारीमा जुटेको छ । ईस्माको केन्द्र चाँपटारीमा अपायक पर्ने भन्दै   त्यस भित्रको कुनै पायक पर्ने अर्को स्थानमा राखिनु पर्ने नत्र आन्दोलनमा उत्रिन बाध्य हुने चेतवानी त्यहाँ हिजो वसेको छलफलका सहभागीहरुले बताए । 

ईस्मारजस्थलको चाँपटारी  धेरै गाविसका जनताका लागि अपायक हुन्छ, दर्लामचौरको नयाँपोखरा वा  कुनै अर्को स्थानमा राख्ने निर्णय  हस्तीचौर, दर्लामचौर, दोहली ईस्मारजस्थलका सवै राजनैतिक दल, वुद्धिजिवी र समाज सेवीहरुको सर्वपक्षिय बैठकले गरेको पत्रकार तिलक महतले जानकारी दिए ।  यो समाचार तयार पार्दा  साँझको  ४ वज्दै थियो ।

सोही वेला  भित्रबाट वाहिर निस्केर बैठकको निर्णय सुनाउन थालेका निमित्त स्थानिय विकास अधिकारी पोखरेलले विरोधको सामना गर्नु प¥यो ।  उनले ४ नम्वर ईलाका लगायत विवाद निस्कीएका कुराहरुलाई समधान गर्न उच्च स्तरिय विवाद समाधान समन्व्य समिति गठन भएको र आन्दोलनकारीबाट पनि ५ सदस्यीय वार्ता टोली गठन गर्न र अव छिट्टै तपाईहरु संग वार्ता गरिने जानकारी गराए । 

विवाद समधान समन्व्य समितिमा नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष मधुकृष्ण पन्त, नेकपा माओवादीका सहईञ्चार्ज तया पुर्व सभाषद सुदर्शन बराल,  सोही पार्टीका जिल्ला संयोजक विरबहादुर कार्की र राप्रपा नेपालबाट अनिल कक्षपति रहेको जानकारी गराउन साथ विराधको नारा घन्कीन थाले । हाम्रो आँखामा छारो हाल्ने प्रयास हो, हामी वार्तामा बस्दैनौ भन्दै  आन्दोलनकारीका हुल भित्र पस्न थाल्यो ।

सुरक्षाकर्मीले रोक्ने प्रयास गरिरहेका थिए । तर पनि नारावाजी चलिनै रह्यो ।  विवाध समधान समन्व्य समिति माग पुरा गर्नु भन्दा पनि भरसक आन्दोलनकारीलाई ‘कन्भीस’ गर्ने गरी बनेको आरोप आन्दोलनकारी पक्षले लगाएको छ । अहिले पानको पात माग पुरा नभए छोडिन्न दिन र रात’ वोलको गित गाएर नाचिदै छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला