ललित बोहरा /कार्तिक १८ डडेल्धुरा । डडेल्धुरामा सातवटा स्थानिय तह बनाईनु पर्नेमा राजनैतिक दलका नेताहरुले जोड दिएका छन । जिल्ला विकास समितीको कार्यालयमा बिहिबार बसेको स्थानिय तह निर्धारण समितीको सर्वपछिय बैठकमा राजनैतिक दलहरुका नेताले राजनैतिक दलले सर्वमान्य हुने गरि स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा /कार्तिक १८ डडेल्धुरा । डडेल्धुरामा सातवटा स्थानिय तह बनाईनु पर्नेमा राजनैतिक दलका नेताहरुले जोड दिएका छन । जिल्ला विकास समितीको कार्यालयमा बिहिबार बसेको स्थानिय तह निर्धारण समितीको सर्वपछिय बैठकमा राजनैतिक दलहरुका नेताले राजनैतिक दलले सर्वमान्य हुने गरि स"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरामा सात वटा स्थानिय तहको माग, चार देखि छ सम्म बनाउनु पर्ने विभागको निर्देशन

१८ कार्तिक २०७३, बिहीबार १७:१०

ललित बोहरा /कार्तिक १८ डडेल्धुरा । डडेल्धुरामा सातवटा स्थानिय तह बनाईनु पर्नेमा राजनैतिक दलका नेताहरुले जोड दिएका छन । जिल्ला विकास समितीको कार्यालयमा बिहिबार बसेको स्थानिय तह निर्धारण समितीको सर्वपछिय बैठकमा राजनैतिक दलहरुका नेताले राजनैतिक दलले सर्वमान्य हुने गरि सात वटा स्थानिय तहको खाका विभागमा पठाईएकाले सात वटा नै बनाईनु पर्ने बताएका छन । राज्य पुनंसंरचना आयोगले डडेल्धुरामा चार देखि छ वटा सम्म स्थानिय तह बनाईनु पर्ने भनि दोस्रो पटक समय सिमा तोकेको छ । तर यहाँका राजनैतिक दलहरुले दुई वटा नगरपालिका र पाँच वटा गाउँ पालिका गरि सात वटा स्थानिय तहको खाका आयोग समक्ष पठाईएको बताउदै सांस्कृतिक, भौगोलिक, आर्थिक, सामाजिक लगायत समपुर्ण तवरबाट सात वटा नै उपयुक्त हुने बताएका छन ।यस अघि प्राबिधिक सहयोग समितीले डडेल्धुरामा चार वटा स्थानिय तहको खाका निर्माण गरेको थियो । बिहिबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका नेता हरी भट्टले प्राबिधिक सहयोग समतीलाई पुनः आग्रह गर्दै डडेल्धुरालाई भुगोले नै सात वटा स्थानिय तह बनाएको जनाउदै यँहाका नागरिको भावनाको कदर गरी सात वटा नै स्थानिय तह बनाईनु पर्ने बताएका थिए । 

नेकपा माओवादी केन्द्रका नेता उमेश भट्टले अन्य जिल्लाहरुबाट पनि स्थानिय तहको संरचनाको खाका पठाईकोमा सदर भएको जनाउदै डडेल्धुराका राजनैतिक दलहरुले गरेको सहमती विभागले उल्ट्याएको बताएका थिए । नेपाल बार एसोसिएसन डडेल्धुरा अध्यक्ष बिष्णु भट्टले रानैतिकदलहरु पहिले नै स्थानिय तहको निकै लामो अभ्यास गरि सकेको जनाउदै राजनैतिक दलहरुको नै सहमती अनुसार स्थानिय तहको संरचना बनाईनु पर्ने बताएका थिए । स्थानियले भने बैठकमा नागरिकलाई कुनै जानकारी नै नदिई राजनैतिक दलका नेता एवं प्राबिधिकले स्थानिय तहको संरचना बनाएको आरोप लगाएका छन । स्थानियले स्थानिय तहमा नागरिक स्वयम आफै बस्ने भएकाले स्थानियको राय सुझाव लिन आवश्यक रहेको जनाएका छन । बैठ शुक्रबार दिउसो सम्मका लागी स्थगीत भएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने