ललित बोहरा /कार्तिक १८ डडेल्धुरा । डडेल्धुरामा सातवटा स्थानिय तह बनाईनु पर्नेमा राजनैतिक दलका नेताहरुले जोड दिएका छन । जिल्ला विकास समितीको कार्यालयमा बिहिबार बसेको स्थानिय तह निर्धारण समितीको सर्वपछिय बैठकमा राजनैतिक दलहरुका नेताले राजनैतिक दलले सर्वमान्य हुने गरि स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा /कार्तिक १८ डडेल्धुरा । डडेल्धुरामा सातवटा स्थानिय तह बनाईनु पर्नेमा राजनैतिक दलका नेताहरुले जोड दिएका छन । जिल्ला विकास समितीको कार्यालयमा बिहिबार बसेको स्थानिय तह निर्धारण समितीको सर्वपछिय बैठकमा राजनैतिक दलहरुका नेताले राजनैतिक दलले सर्वमान्य हुने गरि स"/>
2026-09-16 10:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरामा सात वटा स्थानिय तहको माग, चार देखि छ सम्म बनाउनु पर्ने विभागको निर्देशन

ललित बोहरा /कार्तिक १८ डडेल्धुरा । डडेल्धुरामा सातवटा स्थानिय तह बनाईनु पर्नेमा राजनैतिक दलका नेताहरुले जोड दिएका छन । जिल्ला विकास समितीको कार्यालयमा बिहिबार बसेको स्थानिय तह निर्धारण समितीको सर्वपछिय बैठकमा राजनैतिक दलहरुका नेताले राजनैतिक दलले सर्वमान्य हुने गरि सात वटा स्थानिय तहको खाका विभागमा पठाईएकाले सात वटा नै बनाईनु पर्ने बताएका छन । राज्य पुनंसंरचना आयोगले डडेल्धुरामा चार देखि छ वटा सम्म स्थानिय तह बनाईनु पर्ने भनि दोस्रो पटक समय सिमा तोकेको छ । तर यहाँका राजनैतिक दलहरुले दुई वटा नगरपालिका र पाँच वटा गाउँ पालिका गरि सात वटा स्थानिय तहको खाका आयोग समक्ष पठाईएको बताउदै सांस्कृतिक, भौगोलिक, आर्थिक, सामाजिक लगायत समपुर्ण तवरबाट सात वटा नै उपयुक्त हुने बताएका छन ।यस अघि प्राबिधिक सहयोग समितीले डडेल्धुरामा चार वटा स्थानिय तहको खाका निर्माण गरेको थियो । बिहिबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका नेता हरी भट्टले प्राबिधिक सहयोग समतीलाई पुनः आग्रह गर्दै डडेल्धुरालाई भुगोले नै सात वटा स्थानिय तह बनाएको जनाउदै यँहाका नागरिको भावनाको कदर गरी सात वटा नै स्थानिय तह बनाईनु पर्ने बताएका थिए । 

नेकपा माओवादी केन्द्रका नेता उमेश भट्टले अन्य जिल्लाहरुबाट पनि स्थानिय तहको संरचनाको खाका पठाईकोमा सदर भएको जनाउदै डडेल्धुराका राजनैतिक दलहरुले गरेको सहमती विभागले उल्ट्याएको बताएका थिए । नेपाल बार एसोसिएसन डडेल्धुरा अध्यक्ष बिष्णु भट्टले रानैतिकदलहरु पहिले नै स्थानिय तहको निकै लामो अभ्यास गरि सकेको जनाउदै राजनैतिक दलहरुको नै सहमती अनुसार स्थानिय तहको संरचना बनाईनु पर्ने बताएका थिए । स्थानियले भने बैठकमा नागरिकलाई कुनै जानकारी नै नदिई राजनैतिक दलका नेता एवं प्राबिधिकले स्थानिय तहको संरचना बनाएको आरोप लगाएका छन । स्थानियले स्थानिय तहमा नागरिक स्वयम आफै बस्ने भएकाले स्थानियको राय सुझाव लिन आवश्यक रहेको जनाएका छन । बैठ शुक्रबार दिउसो सम्मका लागी स्थगीत भएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु