६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

साउदीमा कार्यरत नेपाली कामदारलाई १६ करोड रुपैयाँ जरिवाना

२६ भाद्र २०८१, बुधबार १२:३६

भदौ २६, काठमाडौँ । साउदी अरेबियामा रोजगारको लागि गएका नेपाली कामदारहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। खासगरी खाडी मुलुकहरूको रोजगारीमा नेपालीहरूको उल्लेखनीय उपस्थिति देखिन्छ, र साउदी अरेबियालाई कामदार आप्रवासनका लागि दोस्रो प्रमुख गन्तव्यको रूपमा लिइन्छ। तथापि, नेपालमा गरिएको रोजगार सम्झौता र साउदी पुगेपछि पाइने सम्झौतामा धेरै अन्तर देखिएको छ।

नेपालमा "फ्रि भिसा, फ्रि टिकट" भनिए पनि, म्यानपावर कम्पनीहरूले नेपाली कामदारहरूबाट ५० हजारदेखि २ लाखसम्म रकम लिने गरेका छन्। साउदीमा पुगेपछि सम्झौताअनुसार तलब र सेवा सुविधा नपाउने कारणले कामदारहरू काम छोड्ने र अवैधानिक बन्ने संख्या बढ्दै गएको छ। यसका कारण उनीहरूले लाखौँ साउदी रियल जरिवाना तिर्न बाध्य भएका छन्।


साउदीको श्रम कानुन उल्लङ्घन गर्नेहरूलाई विभिन्न बहानामा जरिवाना तिराइएको पाइएको छ। नेपाली दूतावास, रियादका श्रम कन्सुलरका अनुसार हालसम्म सम्पर्कमा रहेका १७७ जना नेपालीले ४६ लाख ९० हजार साउदी रियल जरिवाना तिर्नुपर्ने देखिएको छ, जुन करिब १६ करोड ४१ लाख ५० हजार नेपाली रुपैयाँ हो। यस्तै, सम्पर्कमा नआएका कामदारहरूको संख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ। जसमा  विभिन्न कारणले काम छोडेर भाग्ने कामदारहरूको संख्या ९० प्रतिशत रहेको छ भने गाडी चालक, मदिरा उत्पादन, र गलत सिमकार्ड प्रयोग गर्नेहरूमा जरिवाना तिर्ने कामदारहरूको संख्या १० प्रतिशत छ।

साउदी अरेबियामा रोजगारको क्रममा अकामा आईडीको दुरुपयोगसमेत बढ्दो क्रममा रहेको छ। कामदारहरू आफ्नो अकामा आईडीबाट जारी भएका मोबाइल सिमको दुरुपयोगको सिकार भएका छन्। अन्य व्यक्तिले अकामा आईडी प्रयोग गरेर गलत तरिकाले सिमकार्ड निकाल्दा, आईडीधारीले ५ हजारदेखि २ लाख साउदी रियलसम्म जरिवाना तिर्नुपर्ने अवस्था देखिएको छ।

सम्बन्धित कम्पनीले कर्मचारीलाई अकामा नवीकरण नगरेका कारण स्वदेश फर्किन चाहने नेपालीहरूको संख्या पनि बढिरहेको छ। दूतावासका अनुसार, साउदीको विभिन्न कम्पनीमा अनुमतिपत्र नवीकरण नगरिएकाहरूको संख्या उल्लेखनीय छ, र हालसम्म २६१ जनालाई बहिर्गमन भिसा प्रदान गरिएको छ।

दूतावासले बहिर्गमन भिसा प्राप्त गर्नको लागि निःशुल्क प्रोसेसिङ गरिरहेको छ, तर स्रोत साधन र कर्मचारी अभावका कारण समस्याहरू समाधानमा कठिनाइ भइरहेको छ। यद्यपि, एनआरएन, भातृसंगठन, र विभिन्न जातीय तथा जिल्ला संगठनहरूको सहयोगमा पीडित कामदारहरूको उद्धारलाई सहजीकरण गरिँदै आएको छ।

सम्बन्धित निकायहरूले यस समस्यालाई सम्बोधन गर्न र नेपाली कामदारहरूको हकहित सुरक्षित गर्न तत्काल कदम चाल्नु आवश्यक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या