प्रेम सुनार । कात्तिक १९, गुल्मी ।  गुल्मी जिल्लामा गठित कार्यदलले चन्द्रकोट गाउँ पालिका बनाउने र त्यसको केन्द्र शान्तिपुरमा बनाउने गरेको प्रस्तावलाई त्यस भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । कात्तिक १९, गुल्मी ।  गुल्मी जिल्लामा गठित कार्यदलले चन्द्रकोट गाउँ पालिका बनाउने र त्यसको केन्द्र शान्तिपुरमा बनाउने गरेको प्रस्तावलाई त्यस भ"/>
2026-09-01 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको चन्द्रकोट गाउँपालिकाको प्रस्तावलाई शान्तिपुरमा स्वागत

प्रेम सुनार । कात्तिक १९, गुल्मी ।  गुल्मी जिल्लामा गठित कार्यदलले चन्द्रकोट गाउँ पालिका बनाउने र त्यसको केन्द्र शान्तिपुरमा बनाउने गरेको प्रस्तावलाई त्यस भेगका ६ वटै गाविसवासीले आज शान्तिपुरमा भेला भएर स्वागत गरेका छन् ।

शान्तिपुर, हरेवा, ग्वाघा, हर्राचौर, विशुखर्क र दिव्रुङ्गका सवै दलका नेता, शिक्षक वुद्धिजिवी, हरेक गाविसका निर्वतमान पदाधिकारी, नागरिक समाज, महिला समुह, त्यस भेगका सवै युवा क्लव र  सर्व साधरण समेत एकै थलो शान्तिपुरमा भेला भई  स्वागत गरेका हुन् । उनिहरुले कार्यदलले  ऐतिहाँसिक पक्षलाई समेत सम्वोधन गर्दै यहाँका सवै भुगोललाई पायक पर्ने गरी निकै वैज्ञानिक ढंगले केन्द्र तोकेको र नामकरण पनि यहाँका जनचताको भावनालाई आत्मासात गरी गरेको भन्दै कार्यदललाई विशेष आभार प्रकट समेत गरेका छन् ।

उनिहरुले एकै साथ एक विज्ञप्ती प्रकाषित गरी चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा केन्द्र तोकेको प्रति स्वागत गर्दै  कतिपय गाविासका सिमित व्याक्तिको  निहित स्वार्थ पुरा गर्न चन्द्रकोटमा समाहित गरिएका गाविसलाई प्रयोग गर्न खोज्नेहरुलाई  जस्तो सुकै कदम चाल्न पनि यस अन्तर्गतका जनता  तयार रहेको चेतवानी समेत दिएका छन् ।

यस्तो चेतवानी र कार्यदलको निर्णयलाई स्वागत गरिएको विज्ञप्तीमा शातिपुरबाट नेपाली कांग्रेसका प्रतिनिधी यमबहादुर थापा, नेकपा एमालेका प्रतिनिधी भिमलाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नयाँशक्ती बिषामिल्ला मिहा, नयाँशक्ती नेपालका तेजेन्द्र थापा, राष्ट्रीय जनमोर्चाका नरबहादुर बिक, नेकपा माओवादी क्रान्तिकारीका कृष्ण थापाले हस्ताक्षर गरेका छन् ।

ग्वाघा, ग्वाघा, हरेवा, हर्राचौर, विशुखर्क र दिव्रुङ्गका पनि सवै पार्टी पतिनिधीहरुले पनि हस्ताक्षर गरेका प्रतिलिपी त्यहाँबाट तेजेन्द्र थापा र प्रेम घोताने गुरुङ्गले हामीलाई प्रेषित गरेका छन् । यसैविच शान्तिपुर लगायत ति सवै गाविस भित्र रहेका उद्योगी व्यवसायी र शैक्षिक क्षेत्रले समेत चन्द्रकोट गाउँपालिका र शान्तिपुर केन्द्रको स्वागत गरेका छन् ।

शान्तिपुर मै भेला भएका दिव्रुङ्गका जनप्रतिनिधी र सर्वसाधरणले पनि छुट्टै विज्ञप्ती लेखेर चन्द्रकोट केन्द्रमा  दिव्रुङ्ग पारिएकोमा स्वागत योग्य निर्णय भएको भन्दै स्वागत गरेका छन् । आफुहरु ईलाका नम्वर ४ अन्तरगतमा रहँदा निकै, दुख र व्यवधान खेप्नु परेको वेला अव दिव्रुङ्गलाई पायक पर्ने चन्द्रकोट गाउँपालिकामा समावेस गर्ने जुन निर्णय जिल्लामा भएको छ त्यो स्वागत योग्य छ विज्ञप्तीमा भनिएको छ । 

विज्ञप्तीमा यहि कसैले यस गाविसवासीको हित विपरित अन्य निर्णय गरे दिव्रुङ्ग चुप लागेर नवस्ने चेतवानी समेत दिईएको छ । त्यहाँका सवै राजनैतिक दलहरुले दिव्रुङ्गको एकता, समाजिक संरचना, सद्भाव विथोल्ने कुचेष्टा कसैले नगर्न समेत चेतावनी दिदै यदि त्यसो गरिए दिवु्रङ्गको  सवै शक्ती जस्तो सुकै कदम चाल्न बाध्य हुने कुराको अवगत पनि गराएका छन्  ।

उनिहरुले दिव्रुङ्गवासीलाई चन्द्रकोट गाउँपालिका मै राखियोस् भन्दै संयुक्त रुपमा हस्ताक्षर गरी दिव्रुङ्गका पत्रकार घनश्याम खरेल मार्फत विज्ञप्ती पठाएका छन् । विज्ञप्तीमा  नेपाली कांग्रेस दिव्रुङ्गका प्रतिनिधी रामेश्वर अर्याल, नेकपा एमालेका गोविन्द वलाल, नेकपा माओवादी केन्द्रका हिमाल पुन, राप्रपा नेपालका प्रकाश बिकले हस्ताक्षर गरेका छन् ।  त्यस्तै  ९ वटै वडा स्तरिय प्रतिनिधीहरुले  पनि हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली