२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमकि एक मिर्गौला पीडित युवतीलाई १७ लाख सहयोग

२०७३, २१ कार्तिक आईतवार १०:३५

प्रकाश धौलाकोटी/कात्तिक २१, तेह्रथुम । दुवै मिर्गौला फेल भएर आर्थिक अभावमा उपचार गराउन नसकेकी तेह्रथुमको फाक्चामारा–४ परेवाखोपकी २२ वर्षीया खिनमाया लिम्बुलाई देश विदेशमा रहेका नेपालीबाट करिब १७ लाख बढी रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । 

उनको उपचारका लागि आर्थिक अभाव भएको विषयमा विभिन्न संचार माध्यममा समाचार प्रकासन भएपछि देश तथा विदेशबाट यत्तिका रकम सहयोग वापत संकलन भएको हो । पछिल्लो पटक बेलायतबाट ५ लाख १ हजार ९५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको खिनमायाँ वचाउ अभियानका अगुवा पत्रकार प्रकाश पाक्सावाले बताए । 

यस्तै मलेशियाबाट ५ लाख, कोरियाबाट डेढ लाख, कतारबाट १ लाख ६५ हजार, इजरायलदेखि २७ हजार, हङकङबाट ७० हजार र सहयोगकालागि खोलिएको खातामा जम्मा भएको गरी कुल १७ लाख बढी रुपैयाँ जम्मा भइसकेको जनाइएको छ । आर्थिक अवस्था कमजोर रहेकी लिम्बुकोे उपचारमा समस्या भएको बारे समाचार पढेपछि विदेशमा रहेका नेपालीबाट रकम संकलन अभियान चलाएको कुरुम्भङ समाज बेलायतका कोषाध्यक्ष शेरबहादुर कुरुम्भङले बताए ।

खिनामायाँको उपचारका लागि विभिन्न देशहरूबाट व्यक्तिगत साथै संस्थागत रूपमा अभियानै संचालन गरी आर्थिक सहयोग अभियान चलाइएको हो । मिर्गौला प्रत्यारोपणकालागि सहयोग संकलन गरिएको भएपनि उपचारमा ढिलाई भएको सरोकारवालाले गुनासो गरेका छन् । यता पिडित खिनमायाका श्रीमान् तिलप्रसाद लिम्बुले भने आफुहरुले उपचारकोलागि प्रयत्न गरिरहेको भएपनि चाडपर्वका कारण अस्पताल र चिकित्सकहरुले ढिलो गरिदिइरहेको बताए ।

 खिनमायालाई अहिले नियमित डाइलोसिस सँगै परीक्षणकालागि काठमाडौं लगिएको छ । काठमाडौको भेनस अस्पतालमा नियमित डाइलोसिस र मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणको लागि तयारी भइरहेको खिनमायाका आफन्तले बताएका छन् ।

 खिनमायाकी आमाले उनलाई मिर्गौला दिन चाहनुभएको छ । अहिले डा. पुकारचन्द्र श्रेष्ठले खिनमायाकी आमाको स्वास्थ्य अवस्थाबारे परीक्षण गरी मिर्गौला प्रत्यारोपणको प्रयास भइरहेको आफन्तले बताएका छन् ।

श्रीमान् तिलप्रसादका अनुसार चिकित्सकले मिर्गौला प्रत्यारोपणकालागि मात्रै झण्डै ७ लाख रुपैयाँ लाग्ने बताएका छन् । तर मिर्गौला प्रत्यारोपणको टुंगो भने लागिसकेको छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ