पोखरा, २२ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन नै अहिलेको चुनौती रहेको बताएका छन् । 

नेपाली काँग्रेस कास्कीले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा, २२ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन नै अहिलेको चुनौती रहेको बताएका छन् । 

नेपाली काँग्रेस कास्कीले"/>

2026-06-25 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान कार्यान्वयन अहिलेको चुनौती: पौडेल

2016-11-07

पोखरा, २२ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन नै अहिलेको चुनौती रहेको बताएका छन् । 

नेपाली काँग्रेस कास्कीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले मधेसवादी र जनजाति समुदायका गुनासालाई संविधान संशोधनबाट सम्बोधन गरेर संविधान कार्यान्वयनका दिशामा अघि बढ्नुपर्नेमा जोड दिए । 

विसं २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न भएपछि मात्र संविधान कार्यान्वयन हुनसक्ने धारणा राख्दै उनले यतिका उपलब्धि भइसकेपछि पनि सानातिना कुरामा अल्झेर प्राप्त उपलब्धि गुम्न नदिन सबै राजनीतिक दलसँग आग्रह गरे । 

संविधान संशोधन हुनै सक्तैन भन्ने एमालेको अतिवादी सोच र आफुले भनेका सबै माग पूरा हुनैपर्छ भन्ने मधेसवादी दलले हठ त्यागेर सबै लचक भई एक ठाउँमा आउनुपर्नेमा नेता पौडेलको जोड थियो । 

नेपाली काँग्रेस पद्दति, प्रक्रिया, संस्थागत र समझदारीद्वारा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले पार्टी कार्यकर्ताको सही मूल्याङ्कन भएमा मात्रै पार्टी एकता हुने राय प्रकट गरे । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले स्थानीय तहको निर्वाचन नजिक आइरहेकाले पार्टी कार्यकर्ता गाउँगाउँमा गएर जनताको मन जित्ने गरी काम गर्नु्पर्ने बताए । 

यसैबीच नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेस कास्कीका पूर्व सभापति खेमराज पौडेलकी आमा स्व नन्दकली पौडेललाई आज पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । लामो समयदेखि दम रोगबाट पीडित ९६ वर्षीय स्व नन्दकली पौडेलको गएराति कास्कीको पुम्दीभुम्दी लौसीबोटका निधन भएको थियो । 

स्व पौडेललाई नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, पूर्व सभापति एवम् सांसद यज्ञबहादुर थापा, पूर्व सभापति सोभियतबहादुर अधिकारी, सांसदद्वय शारदा पौडेल र विन्दा रानामगरलगायतका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि व्यक्त गरेका थिए । पाँच छोरा र तीन छोरीकी आमा स्व पौडेलको आजै पोखरास्थित शान्तिघाटमा अन्तिम संस्कार गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक