कात्तिक २२, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले चार विवादित विषयहरु प्रदेशको सिमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २२, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले चार विवादित विषयहरु प्रदेशको सिमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधि"/>

2026-06-25 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अंगीकृतलाई राष्ट्रपति वा प्रधानमन्त्री बनाउने प्रस्ताव सरकारको होइन

2016-11-07


कात्तिक २२, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले चार विवादित विषयहरु प्रदेशको सिमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वमा राष्ट्रिय सहमति जुटाएर संविधान संशोधनको प्रस्ताव छिट्टै संसदमा पेश गर्ने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले विवादित विषयहरुमा सरकारले साझा मिलनविन्दु खोजिरहेको उल्लेख गर्दै प्रमुख दलहरुवीच राष्ट्रिय सहमति जुटाएर चाँडो भन्दा चाँडो संशोधन प्रस्ताव संसदमा दर्ता गराउने बताएका हुन् । उनले भने,‘सबैले राष्ट्रिय सहमति जुटाउनको लागि प्रयास गर्नुपर्छ, कसैले पनि भाँडभैलो मच्चाउने काम वा आन्तरिक चलखेल गर्ने काम गर्नुहुँदैन् ।’

आयोजित साक्षात्कारमा मन्त्री नायकले सरकारले आधिकारिक रुपमा अंगीकृत नागरिकता लिएकालाई राष्ट्रपति वा प्रधानमन्त्री बनाउनेगरि संविधान संशोधनको प्रस्ताव ल्याउन लागेको भनेर गलत प्रचार गरेको बताउँदै भने,‘सरकारले आधिकारिक रुपमा यसबारेमा केही बोलेको छैन, यो त अन्तरिम संविधानमा पनि उल्लेख गरिएको छैन, धारा १५५ मा यो बारेमा प्रष्ट व्यवस्था गरिएको छ ।’

राष्ट्रिय सहमति जुटाएरै छिट्टै संविधान संशोधन प्रस्ताव संसदमा पेश हुन्छ

उनले पछिल्लो समय संविधान संशोधनको लागि सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनकारीवीच छलफल भैरहेको भन्दै विवादित विषयमा साझा मिलनविन्दु खोज्ने बताए । उनले थपे,‘पहिलो कुरा सहमतिको धरातल हामी सबैले मिलेर निर्माण गर्नुपर्छ ।’ 

उनले मुलुकलाई निकास दिनको लागि सबै पक्ष गम्भिर बन्नुपर्ने बताउँदै छलफलका क्रममा कसैले पनि बटमलाईन बनाउन नहुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक