Skip to content
Friday, July 17, 2026 Nepali Online Media

४ नम्वर ईलाका विरुद्ध उत्रियो जुभुङ्ग वलिथुम

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/कात्तिक २४, गुल्मी । ४ नम्वर ईलाका भित्रै गाउँपालिका बनाईनु पर्दछ भन्दै आन्दोलनको अगुवाई गरेकाहरुलाई वलिथुम र जुभुङ्गका वासीन्दाहरुले ठेकेदारको सज्ञा दिए ।  जुभुङ्गका समाज सेवी ज्ञानबहादुर थापाले  ४ नम्वर ईलाकाका  सिमित व्यापारीहरुको निहित स्वार्थका लागि आफ्नो ईलाकाको खोजी गरिरहँदा अर्काको ईलाका चुँडेर लैजाने चलखेल गरेको विरुद्ध चेतवानी दिए ।

उनले  कडा शव्दमा भने–‘ जुभुङ्गका ठेकेदारहरु हो सामुन्य आउ , हामी तिमीहरु संग सम्वाद गर्न चाहन्छौं कि हामी ८ नम्वर ईलाकाको मानिसहरु कसरी तिमीहरुलाई पायक पारी दिन जाने ?   त्यस्तै वलिथुमका कांग्रेस सभापति प्रेम पुनले पनि जुभुङ्ग र वलिथुमलाई गुल्मी दरवार गाउँपालिका र केन्द्र गौंडाकोटमा नपारिए कडा रुपमा प्रस्तुत हुने चेतावानी दिए ।

गौंडाकोटका युवाहरुको तर्फबाट वोल्दै प्रवेश कार्कीले कसैले चलखेल गरे जे पनि हुन सक्ने र  जिविसको रातो घरबाट गौडाकोट केन्द्र खोसेर लैजाने चेतवानी दिए ।  विरोध कार्यक्रममा जुभुङ्गका शिक्षक श्रीप्रसाद थापा लगायतले नारा लगाउँदै गुल्मी दरवार गाृउँपालिकाको माग  गरिएको थियो ।