२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

राष्ट्रपति पुरस्कारबाट नवलपरासीका तीनजना कृषक पुरस्कृत

२०७३, २५ कार्तिक बिहीबार ०३:२४

कात्तिक २५, नवलपरासी । उत्कृष्ट कृषक राष्ट्रपति पुरस्कारबाट नवलपरासीका तीनजना पुरस्कृत भएका छन् । कृषि व्यवसाय सञ्चालन गरी उत्कृष्ट हुन सफल भएको भन्दै जिल्ला कृषि विकास कार्यालय नवलपरासीले जिल्लाका तीनजना किसानलाई जिल्लास्तरीय राष्ट्रपति पुरस्कारबाट सम्मानित गरेको हो । 

सम्मानित हुनेमा रामग्राम–१ का सनन्दन चौधरी, कुश्माका राजेन्द्र पटेल र रुचाङका खगराज गौतम रहनुभएको छ । विश्व खाद्य दिवसका अवसरमा बुधबार परासीमा आयोजित कार्यक्रममा ती किसानलाई नगद रु दश हजार र प्रमाणपत्रसहित सम्मान गरिएको हो । 

उहाँहरुलाई प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र जिल्ला कृषि विकास कार्यालयका प्रमुख तेजनारायण गैरेले सम्मान गर्नुभएको हो । 

राष्ट्रपति पुरस्कार पाउन सफल रामग्राम–१ का किसान सनन्दन चौधरीले समूहमा रहेर विगत १५ वर्षदेखि धान, गहुँको बीउ उत्पादन गर्दै अन्य खेती पनि गर्दै आउनुभएको छ । यो सम्मानले थप हौसला मिलेको उहाँले बताउनुभयो । 

यस्तै, कुश्माका किसान राजेन्द्र पटेलले धान, गहुँ, तोरी, मुसुरो, तरकारी, केरालगायत खेती गर्दै आउनुभएको छ । समय अनुसारको प्रविधि र खेतीमा जोड दिन तथा लागत कम हुने गरी खेती प्रणाली अपनाउन सकिए सफल भइने पटेलले बताउनुभयो । सम्मानित रुचाङका कृषक खगराज गौतमले दुई वर्षदेखि पशुपालनदेखि कागती, फलफूल, अदुवालगायत खेती गर्दै आउनुभएको छ । विकट क्षेत्रका किसानलाई पनि सम्मान गरिएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा