2026-09-16 12:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नेपालमा लागु औषध प्रयोगकर्ताको संख्या झण्डै एक लाख

ललित बोहरा/कार्तिक २६। नेपालमा नियमीत लागु औषध प्रयोगकर्ताको संख्या साढे ९१ हजार भन्दा बढी रहेको पाइएको छ । गृह मन्त्रालय लागु औषध नियन्त्रण काठमाण्डौद्धारा शुक्रबार डडेल्धुरामा आयोजित एक कार्यक्रममा दिइएको जानकारी अनुसार नेपालमा नियमीत लागु औषध प्रयोगकर्ताको संख्या ९१ हजार ५ सय ३४ जना रहेको छ । जस मध्ये काठमाण्डौ र पोखरामा रहेका २ वटा सुधारगृहमा अहिले ४० प्रतिशत लागु औषध प्रयोगकर्ताहरु रहेको लागु औषध नियन्त्रण शाखाका शाखा अधिकृत गणेश बरालले जानकारी दिएका छन । यसका साथै ७ वटै प्रदेशमा पनि सुधार गृह बनाउने प्रक्रिया अघि बढीरहेको शाखा अधिकृत बरालले बताएका छन । सुदूरपश्चिममा लागु औषध प्रयोगकर्ताको एकिन तथ्याङ्क नभएको भएपनि अन्य बिकास क्षेत्रको भन्दा कम भएको उनको भनाई थियो । 

लागू औषध नियन्त्रण शाखामा बिगत ६ बर्ष सम्म कार्यरत जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक शाहीले डडेल्धुरा जिल्लाबाट लागु औषध ओसार–पसार नभएपनी सुदुरपश्चिमका ७ पहाडी जिल्लाको मुख्य प्रबेशद्धार भएकाले अन्य जिल्लाबाट डडेल्धुरालाई नै रुट बनाइ हिड्ने भएकाले यसको नियन्त्रणमा समस्या हुने गरेको बताएका छन । डडेल्धुरा जिल्लाका केही गाबिसहरुले भारतीय सिमाना जोडेकाले सिमा क्षेत्रमा लागु औषध नियन्त्रणमा केही समस्या रहेको प्रहरी नायव उपरिक्षक शाहीको भनाई छ । 

७ नम्बर प्रदेशको ७ वटै पहाडी जिल्लामा लागु औषध प्रयोगकर्ता र बिक्री बितरण खासै नभएपनी गाजाँ चरेसको भने प्रयोगकर्ता र बिक्रीकर्ता बढीरहेको उनले जानकारी दिएका छन । यसका साथै लागुऔषध दुरुपयोग नियन्त्रण सम्बन्धी सरोकारवालाहरु समक्ष लागु औषधको विस्तृत जानकारी, लागु औषधको दुरुपयोग न्यूनीकरण, ओसार–पसार गरेमा हुने कानुनी ब्यवस्था र लागुऔषध नियन्त्रण सम्बन्धीत संस्थानहरुको बारेमा जानकारी समेत गराइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल