सन्तोषकुमार गुप्ता । दाङ, २८ कार्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले गरेको नेपाल ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता । दाङ, २८ कार्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले गरेको नेपाल ब"/>

2026-11-02 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विप्लव माओवादीको बन्दका कारण दाङ सहित देशै भरको जनजीवन प्रभावित


सन्तोषकुमार गुप्ता । दाङ, २८ कार्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले गरेको नेपाल बन्दका कारण दाङ सहित देशैभरको जनजिवन प्रभावित भएको छ । पूर्व पश्चिम राजमार्ग सहीत स्थानीय रुटमा सवारीका साधन चलेका छैनन् । जसका कारण सर्वसाधारण नागरिक मर्कामा परेका हुन् ।

बन्दका कारण दाङका मुख्य शहरहरु तुलसीपुर, नारायणपुर, घोराही, लमही, भालुवाङ र गढवा लगायतका शहरहरुमा सवारीका साधन, कलकारखाना, शिक्षण संस्थाहरु ठप्प भएका छन । त्यसैगरी लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । यातायातका साधनहरु पनि सञ्चालनमा आउन सकेका छैनन् । महंगी पचास प्रतिशत घटाउन माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले एक दिन नेपाल बन्दको आह्वान गरेको हो ।

यसैबीच बन्दको समयमा एम्बुलेन्स, पानी, दुध, मानवअधिकार तथा कुटनितिक नियोगका गाडी निर्वाध रुपमा चल्न दिने बताईएको छ । काठमाण्डौंमा वन्द गराउदै हिड्ने ५० भन्दा वढी माओवादीका कार्यकर्ता पक्राउ परेका छन् । यसैविच बन्दको प्रभाव आज बेलुकि सम्म रहने छ । नेकपा माओबादीका केन्द्रिय सदस्य एवं राप्ती अञ्चल इन्चार्ज मोहलाल चन्द (आधार) का अनुसार बन्द बेलुकि ६ बजे सम्म रहने उनले जानकारी दिएका छन । उनले अत्यावस्यक सवारी साधनमा भने रोक नलगाउने बताएका छन । बन्द सफल पार्न कर्ताहरु शहरका मुख्य मुख्य चोकहरुमा बसेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द