सन्तोषकुमार गुप्ता । दाङ, २८ कार्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले गरेको नेपाल ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता । दाङ, २८ कार्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले गरेको नेपाल ब"/>

2026-09-16 12:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विप्लव माओवादीको बन्दका कारण दाङ सहित देशै भरको जनजीवन प्रभावित


सन्तोषकुमार गुप्ता । दाङ, २८ कार्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले गरेको नेपाल बन्दका कारण दाङ सहित देशैभरको जनजिवन प्रभावित भएको छ । पूर्व पश्चिम राजमार्ग सहीत स्थानीय रुटमा सवारीका साधन चलेका छैनन् । जसका कारण सर्वसाधारण नागरिक मर्कामा परेका हुन् ।

बन्दका कारण दाङका मुख्य शहरहरु तुलसीपुर, नारायणपुर, घोराही, लमही, भालुवाङ र गढवा लगायतका शहरहरुमा सवारीका साधन, कलकारखाना, शिक्षण संस्थाहरु ठप्प भएका छन । त्यसैगरी लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । यातायातका साधनहरु पनि सञ्चालनमा आउन सकेका छैनन् । महंगी पचास प्रतिशत घटाउन माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले एक दिन नेपाल बन्दको आह्वान गरेको हो ।

यसैबीच बन्दको समयमा एम्बुलेन्स, पानी, दुध, मानवअधिकार तथा कुटनितिक नियोगका गाडी निर्वाध रुपमा चल्न दिने बताईएको छ । काठमाण्डौंमा वन्द गराउदै हिड्ने ५० भन्दा वढी माओवादीका कार्यकर्ता पक्राउ परेका छन् । यसैविच बन्दको प्रभाव आज बेलुकि सम्म रहने छ । नेकपा माओबादीका केन्द्रिय सदस्य एवं राप्ती अञ्चल इन्चार्ज मोहलाल चन्द (आधार) का अनुसार बन्द बेलुकि ६ बजे सम्म रहने उनले जानकारी दिएका छन । उनले अत्यावस्यक सवारी साधनमा भने रोक नलगाउने बताएका छन । बन्द सफल पार्न कर्ताहरु शहरका मुख्य मुख्य चोकहरुमा बसेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल