प्रेम सुनार/कात्तिक २९, गुल्मी । शान्ति प्रकृयामा आउने वेला सम्म नेकपा माओवादीको दवदवा थियो । उनिहरुले खडा गरेको जनअदालतका कतिपय फैशलाहरु  पहुँच नभएका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/कात्तिक २९, गुल्मी । शान्ति प्रकृयामा आउने वेला सम्म नेकपा माओवादीको दवदवा थियो । उनिहरुले खडा गरेको जनअदालतका कतिपय फैशलाहरु  पहुँच नभएका "/>

2026-09-01 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले घर भित्र्याई दिएकी दलित युवतीलाई अरुले अलपत्र पारे


प्रेम सुनार/कात्तिक २९, गुल्मी । शान्ति प्रकृयामा आउने वेला सम्म नेकपा माओवादीको दवदवा थियो । उनिहरुले खडा गरेको जनअदालतका कतिपय फैशलाहरु  पहुँच नभएका  सदियौ देखि शोषण दमनमा परेका जनताको पक्षमा हुन्थे । 

२०६२ साल अजोज महिनामा गुल्मीको दर्लिङ्ग गाविसमा मगर समुदायका युवा रोम घर्तिको गर्भधारण गरेकी उमा परियार उनले घर भित्राउन अस्वीकार गरे पछि मोओवादीको शरणमा पुगिन  । पछि २०६५ साल बैशाख १९ गते बजा बजाएरै  माओवादीले उमालाई रोम घर्तिको घरमा भित्राई दिएको थियो । सयौं शोषित पिडितहरुले ताली पिटेका थिए  । 

उमा रोमको घरमा डेढ वर्ष सम्म वसी रहेको बेला राजनीति सुरु भयो । माओवादीको उक्त जनवादी कार्यलाई धोती लगाउने चलखेल गर्न थालियो । उमा भन्छिन –‘त्यसरी माओवादीले न्याय गरी रहेका वेला रोमको परिवार शान्ति प्रकृया पछि अर्को राजनैतिक दलको शरणमा पुग्यो ।अन्ततः मलाई घर बस्न नदिए पछि म अदालतको शरणमा आएँ । 

जिल्ला अदालत गुल्मीले मलाई न्यायकै पक्षमा फैसला गरी दियो ।’  उनि थप्छीन् –‘मासिक ५ हजार पालन पोषण खर्च र रोमका नामबाट मेरो नागरिकता पनि दिलायो । नेपाली सेनमा कार्यरत रोम मासिक ५ हजार दिन मञ्जुर पनि भए । २७ महिना सम्म उक्त रकम पनि बुझे् ।  त्यो विपक्षी एक पार्टीलाई शैय भएन र म माथी जालझेल गरिएदैं भएको छ । ’

त्यस पछि रोमले कुनै एक राजनैतिक दलकै आडमा उक्त रकम पठाउन बन्द गरेको उमाको ठम्याई छ । ११ वर्षका सन्तान भई सक्दा समेत  उनी अलपत्र छन् । फेरी पनि उनि  जिल्ला अदालत कै शरणमा पुगेकी छिन् ।  तर पनि न्याय पाउन सकेकी छैनन् । उमा नेपाली सेना भित्रको न्यायिक विभागमा पनि पुगिन । 

‘सेना भित्रको महिला सेल मेरो न्यायको पक्षमा उभिएको थियो’– उमाले भननि–‘तर  रोमले अदालतमा मुद्धा चलेको छ किन मैले पैसा भर्ने यसलाई भन्दै करायो र अदालतको अर्को फैसला कुरेर बसेकी छु । ’ उमा रोम घर्ति कर्यरत सल्यानमा रहेको भैरवप्रसाद गणमा पनि धेरै पटक धाईन् । यसरी ११ वर्ष देखि विभिन्न स्थानमा धाउँदा पनि न्याय नपाएर थकिथ उनि राष्ट्रिय दलित आयोग कहाँ छ ? भन्दै ठेगना खोजेर बसेकी छिन् । 

अव उनको अन्तिम विकल्प भनेको त्यही राष्ट्रिय दलित आयोग नै बनेको छ । उमाको माईती गरिव छन् । त्यसलै अदालत आवत जावतको खर्च पुराउन उमाले सदरमुकाम तम्घास नजिकैको ढुङ्गा खानीमा गिटी कुट्नु प¥यो । गिटी कुटेरै उमाले छोरा पढाउनु परेको छ । उमाको पिर चिन्तामा उनकी आमाले आँशु खसाउनु वाहेक अरु केही उपाए नभएको बताउँदै यस समचारदाता अँस्ती उनको घरमा पुग्दा भक्कानो छाडेर रोईन्  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली