2026-10-28 03:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुजातालाई ५० लाख दिने निर्णय गर्दा यता जनताको हालत यस्तो छ !


खर्च  जुटाउन नसकेर विरामी वावुलाई बिचैमा छाडेर छोराहरु भागे

प्रेम  सुनार/कात्तिक ३०, गुल्मी । सर्वहाराका  नेता भनिने  प्रचण्ड नेतृत्को सरकारले सत्ता साँझेदार दल नेपाली कांग्रेसकी नेतृ तथा पुर्व उपप्रधान मन्त्री सुजता कोईरालाको  उपचारका लागि  ५०  लाख रुपैयाँ  दिने निर्णय गरी रहेका  वेला यता सर्वहारा वर्गका जनताको अवस्था  भने यस्तो छ कि दुईचार हजार खर्च जुटाउन नसकेर  विरामी बृद्ध वावुलाई विच मै  छाडेर छोराहरु भागेका छन् । 

गुल्मीको पुर्कोटदह–८  का ६३  वर्षिय कर्णबहादुर बिकलाई  उनका  छोराहरुले उपचार गर्ने  दुईचार हजार खर्च जुटाउने कुनै उपाय नभए पछि सदरमुकाम तम्घासको एक सुकुम्वासी  परिवारको घरमा छाडेर भागेका हुन् ।  चार दिन देखि लडेर   टाउँकोमा  गम्भीर चोट  लागेका बिश्वकर्मा  उपल्लो तम्घासमा अर्काको जमिन मागेर  वाँसको टहरा बनाई बसेका शंकर  बिकको घरमा दाजुभाईको नाताले आश्रय लिएर बस्नु परेको हो ।  

घाईते बृद्ध बिश्वकर्मा पनि वर्षऔं अघि देखि सुकुम्वासी भएर सडक मजदुरी गर्दै  आएका थिए । ‘आरने काम पनि धेरै वर्ष गरे, उनले भने –‘अहिले विरामी परेको वावुलाई  विचमै छाडेर छोराहरु भागे पछि अलपत्र परेको छु ।’ पैसा खोजेर भोली आउँछौं  भनेर उहाँका कान्छा छोरा मधु वुटवल तिर गएको हो, आश्रय  दिएका शंकरले भने–‘ यतिकादिन  भयो अहिले त फोन नै स्वीचअफ गरेका छन पाँचै भाईले । ’

उनले प्रहरीमा उजुरी दिन पाए झिकान सकिन्थ्यो  कि भन्ने लागेको बताए । पाँचै भाईले वुटवलमा  सडक मजदुरी गरे वावुलाई वेवास्ता गरे पछि शंकरले वृद्ध विरामी परेपछि झिकाएका थिए । उनीहरुले पनि खासै आम्दानी नगर्ने सडक मजदुरीमा लफङ्गीएर हिड्ने गरेको र बृद्धकी श्रीमतिको पनि मृत्यु भए पछि उनि वेसहारा बनेका हुन् । 

यो जाडोमा बाटोको छेँउमा  पातलो कपडामा थर्थराउँदै लडेका बिश्वकर्मालाई गुल्मी केयर विश्वा सञ्चालकी उपाध्यक्ष विद्या कार्की र सचिव  सागर कार्कीले हिड्दै गर्दा देखे । उनिहरुले टिठ लागेर एक जोर न्यानो कपडा ल्याई दिए । नेपाली सेना थागिधुमका गुल्मीपति , यता सशस्त्रका गुल्मपति संग आग्रह गरेर खाने खर्च जुटाई दिन सकिन्छ  कि भन्ने प्रयासमा लागेको उनिहरुले बताए । 

‘साह्रै विजोग देखियो , तपाईलाई बोलाएर यो विचल्लीको खवर सञ्चार माध्यमा पुराएर उनको उद्धार हुन सक्थ्यो  कि भन्ने हाम्रो अर्को प्रयास हो, कार्कीद्धयले भने –‘पर्सी  एक गतेबाट पेन्सन क्याम वस्दैछ त्यहाँ हामी सुन्तला बेचेर त्यसको मुनाफा यि बृद्धको उद्धारमा लगाउने सोचमा छौं । ’ ति बृद्धलाई आश्रय दिने शंकरका वावुको केहि वर्ष अघि तम्घासको चारीखोलामा हत्या भएको थियो । उनको हत्या पछि उनका ससाना छोरा छोरीहरु विचल्लीमा परे । 

यहाँ सम्मकी १० वर्षिय उनका छोरा विशालले बाबुले चलाउँदै आएको आरन थामेर पेट पाल्नु परेको थियो । अहिले ठुलो दाजु शंकर आएर आमा र भाई वहिनीहरु मुस्कीलले पाल्दै थिए । तर जहाँ होचो उहि घोंचो भने झैं विरामी काका पर्नेलाई लिएर उनका छोराले छाडेर थप मुस्कीलमा पारेका छन् । 

विहान खाए बेलुकी के  खाउँ भएका ति परिवार संग बृद्धको उपचार गराई दिने खर्च नभए पछि रक्ताम्मे टाउँकोमा पट्टि लगाई दिन कामभ सम्म  स्थानियको सहयोगमा भएको छ । बृद्ध उठेर हिड्न सक्दैनन् । बेलामा खान पिन र कुनै तागतीले कुरा पेटमा नपरेर होला निकै कम्जोर अवस्थामा पुगेका छन् । कतै केहि हुने हो कि भन्ने डर चिन्तामा रहेका ति परिवार र गुल्मी केयर विश्व सञ्जालले सहयोग गरी दिन सवै संग आग्रह गरेका छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला