2026-09-16 12:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बिश्व खाद्य दिवसको अवसरमा डडेल्धुराका ३ कृषक राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट सम्मानित

ललित बोहरा/३० कार्तिक डडेल्धुरा । विश्व खाद्य दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले उत्कृष्ट ३ कृषकलाई सम्मान गरेको छ । ‘भईरहेको छ जलवायू परिवर्तन, गर्नु छ खाद्य र कृषीमा अनुकुलन’ भन्ने नारासहित मगंलबार मनाइएको ३६औँ बिश्व खाद्य दिवसको अवसर पारेर कृषि क्षेत्रमा लाग्न उत्प्रेरणा तथा हौसला प्रदान गर्न सम्मान गरिएको बरिष्ठ कृषी बिकास अधिकृत दिल बहादुर बिष्टले बताउनु भएको छ । कृषि क्षेत्रमा अब्बल ठानिएका बगरकोट गाबिस–८ का डम्बर बुढाऐर, भद्रपुर गाबिस–९ का हेम राज बाहुन र चिपुर गाबिसका खडक बिष्टलाई सम्मान गरिएको हो । सम्मानीत हुने सुचिमा परेका तीनै जना कृषकहरुलाई सांसद ज्ञानु गैरेले नगद दश हजार र प्रमाण पत्र सहीत दोसल्ला ओढाई सम्मान गरेको थियो । 

सम्मान कार्यक्रम पश्चात सम्मानित कृषकहरुले आफुहरुलाई कृषी कार्यालयले पुरस्कृत गरेर कृषि क्षेत्रमा लाग्न हौसला तथा थप जिम्मेवार बनाएको प्रतिक्रिया रहेको थिए । प्रत्येक वर्ष अक्टोबर १६ मा खाद्य प्रविधि, गुणस्तर र खाद्यमा पहुँचका लागि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ । दिवसकै अवसरमा गरिएको ‘जलवायू परिर्वतनले कृषीमा पर्ने असर’ शिर्षकमा बिद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिताका बिजेता ४ जना बिद्यार्थीहरुलाई नगद पुरस्कार समेत बितरण गरिएको थियो । 

विश्वभर जलवायु परिवर्तनसँगै कृषि र खाद्य सुरक्षा चुनौतीपूर्ण बन्दै गएको तर्फ विश्वका मुलुकहरुलाई सचेत गराउन यसवर्षको नारा जलवायु परिवर्तन सम्बन्धी राखिएको बरिष्ठ कृषी बिकास अधिकृत बिष्टले जानकारी दिनु भएको छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आह्वानमा जिल्ला कृषी बिकाश कार्यालय डडेल्धुराले दिवसको आयोजना गरेको हो ।

यस्तै जिल्ला कृषी बिकास कार्यालय डडेल्धुराले आर्थिक बर्ष २०७३÷०७४ मा सञ्चालन हुने आयोजना तथा कार्यक्रम समेत सार्वजनीकिकरण गरेको छ । सार्वजनीकीकरण कार्यक्रममा कार्यालयको उद्देश्य, कार्यनिती, सेवा प्रवाह संरचना, दरबन्दी विवरण, आर्थिक बर्ष २०७३÷०७४ मा सञ्चालन हुने कार्यक्रमहरु, आर्थिक बर्ष २०७३÷०७४ को बार्षीक बजेट लगायतका मुख्य–मुख्य कार्यक्रमहरुका बारेमा जानकारी गराइएको थियो । आर्थिक बर्ष २०७३÷०७४ को बार्षिक कार्यालयको जम्मा बजेट ६ करोड, ७२ लाख, ७६ हजार, कार्यक्रम बजेट ४ करोड ५१ लाख ६६ हजार, उपभोक्ता तथा कार्यालय संचालन बजेट २ करोड, २१ लाख, १० हजार रहेको छ ।

यस्तै जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले पशुपंक्षी मन्त्रालयबाट प्राप्त आर्थिक बर्ष २०७३÷०७४ मा सञ्चालन हुने अनुदान सहित सञ्चालन हुने कार्यक्रमहरु सार्बजनीक गरेको छ ।  कुखुराका चल्ला बितरण, जैबिक सुरक्षा सामाग्री बितारण, मासु पसल सुधार, यूवा लक्षित बाख्रा, गाई, भैसी पालन, भकारो सुधार, गौशाला स्थापना, बजारीकरण, सहकारी खेती, राष्ट्रिपती चुरे संरक्षण, कृषी तथा खाद्य सुरक्षा, पशु बिकास लगायतका कार्यक्रमहरु सार्वजनीक गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल