Skip to content
Friday, July 17, 2026 Nepali Online Media

जिल्लामै माटो परिक्षण

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर ३ पर्वत ।पर्वत जिल्लामा धौलागिरी स्तरको माटो जाँच प्रविधि युक्त प्रयोशाला निर्माण हुन लागको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतको लगानीमा पर्वत वाग्लुङ म्याग्दी लगायतका जिल्लालाई लक्षीत गर्दै माटोमा भएको रसायन तत्वको जाँच गर्न प्रयोगशाला निमार्ण गर्न लागिएको हो ।
प्रयोगशालामा रहने न्यनुतम पुर्वाधार निर्माणका लागि पाँच लाख गत वर्ष विनियोजित भए अनुसार काम अगाडी बढाइएको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख वासुदेव रेग्मीले जिल्लाका खेती योग्य जमिन र स्थानीय कृषकहरुलाई आफ्नो जमिनको अवस्था र उत्पादन हुने खाद्यन्नको पहिचान      गराउन प्रयोगशाला उपयोगी हुने     बताए ।
रेग्मीले निर्माणधिन प्रयोगशालाबाट माटोमा हुने नाइट्रोजन, फस्फोरस, पोटास र पियुसको जाँच हुने बताउनु भयो । पर्वतमा विभिन्न शिवीरको आयोजना गराएर माटोको जाँच हुँदै आएकोमा यस वर्ष देखी जिल्लामा नै दैनिक रुपमा माटोको जाँच गराईने कार्यालयले सहारान्यूजलाई बताए ।कार्तिक महिनाभित्र माटो परिक्षण सेवा संचालन गर्ने भनिएता पनि प्राविधिक कारणले गर्दा सम्भव नभएको कार्यालयको तर्क छ । जिल्लामानै माटो परिक्षण सेवा संचालन भए जिल्लाबाहि माटो परिक्षणको लागि जानुपर्ने बाध्य टर्नेछ ।