धु्रबसागर शर्मा/मङ्सिर ३, म्याग्दी ।  

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... धु्रबसागर शर्मा/मङ्सिर ३, म्याग्दी ।  

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अव"/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था’

२०७३, ३ मंसिर शुक्रबार ०६:२६

धु्रबसागर शर्मा/मङ्सिर ३, म्याग्दी ।  

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। 

कल्ले के गर्छ ? पायसी सबैले आफ्नै पेट भर्छ ।। 

गुल्मीको वडागाउँ घर बताउने ५७ वर्षीय दिलबहादुर गन्धर्वले सारङ्गी रेट्दै यो गीत गाउँदा म्याग्दीको बगरफाँटका गाउँलेका आँखा रसाए । चार छोरी, एक छोरा, श्रीमती र आफ्नो हातमुख जोड्नका लागि सारङ्गी रेट्दै म्याग्दी आइपुगेका गन्धर्वले गीतमार्फत आफ्नो दुःखेसो पोख्दै सहयोगका लागि हात जोडेको देखेर बगरफाँटकी गोमादेवी शर्माले एक सय रुपैया र तीन माना चामल दिँदा गन्धर्वको अनुहार खुसीले भरियो । 

सूचना र संचारको पहुचसँगै ग्रामीण क्षेत्रमा समेत पाश्चात्य गीत सङ्गीतको प्रभाव बढ्दै गइरहेको बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारङ्गी रेटेर विरहका भाका गाउने गन्धर्व हिजोआज देशको बिग्रँदो राजनीति र सामाजिक बेथितिका गीतसमेत गाउन थालेका छन् । 

बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीत सङ्गीतमा झुल्न थालेपछि हो वा पुख्र्यौली पेसाबाट गुजारा नचल्ने अवस्था देखेर हो आजभोलि गाउँघरमा गाइने दाइको नामले चिनिने गन्धर्व क्रमशः घट्दै गइरहेका छन् । गाउँघरका विरह र वेदनाका भाका गाउने गन्धर्वले बदलिँदो समयसँगै आफ्नो गीतको स्वरुपलाई पनि परिवर्तन गरेका छन् । 

धेरै समयपछि बगरफाँटमा भेटिएका दिलबहादुर गन्धर्वले पनि अरू कुनै सीप नभएकाले पुख्र्यौली पेसालाई विगत ३७ बर्षदेखि अपनाउनु आफ्नो बाध्यता भएको दुःखेसो पोख्दै सारङ्गीको धुनमा देशको बिग्रँदो अवस्था र नेताको स्वार्थका बारेमा तीतो यथार्थ व्यक्त गरे । 

गुल्मीदेखि बागलुङ हुँदै म्याग्दीको बगरफाँटसम्म आइपुगेका उनले गीतमा संविधान कार्यान्वयनका कुरादेखि लिएर गणतान्त्रिक नेपालको अस्तव्यस्ततालाई सरल शब्दमा जनताले बुझ्नेगरी व्यक्त गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा