2026-09-16 12:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बर्दघाटमा संचालित ब्यापार मेला २ दिन थपियो, शनिवार मेलामा दर्शकहरु अटाएनन्

कृष्ण ढकाल/ मंसीर–४, नवलपरासी ।  बर्दघाटमा संचालीत कृषि ,पर्यटन तथा औद्योगीक ब्यापार मेला २ दिन थपिएको छ । कार्तिकको २५ गतेवाट शुरु भएको मेला मंसीरको ५ गते सम्म संचालन गर्ने भनिए पनि मेलाको रौनकता दिन प्रतिदिन बढ्न थाले पछि मेला २ दिन थपगरीएको आयोजक संस्थाका अध्यक्ष मिनराज शर्माले बताउनु भएको छ। मंसीरको ५ गते समापन गर्ने भनिएको मेला अब मंसीरको ७ गते सम्म संचालन हुने भएको छ। बर्दघाटमा संचालीत ब्यापार मेलाको १० औं दिन शनिवार परेकाले मेलामा दर्शकहरुको भिडभाड खचा खच रहेको थियो शनिवार करिव २५ हजार दर्शकले मेला अवलोकन गरेको आयोजकले बताएको छ । त्यसै गरी मेलामा शनिवारमा करिव ८० लाख बढीको आर्थिक कारोवार भएको आयोजक संस्थाका महासचिव लेखनाथ न्यौपानेले बताउनु भएको छ। शनिवार लोक तथा दोहीगायक बिमलराज क्षेत्री, लोक गायक युवराज भुषाल,डान्सर रमा न्यौपाने, मोडल डान्सर अंजली अधिकारी लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहेको मेलाका  सांस्कृतिक संयोजक कृष्ण प्रसाद पाण्डेले बताउनु भएको छ ।

स्थानिय कृषी,पर्यटन तथा ब्यापारको पर्वद्धन गर्ने उद्धेश्यले बर्दघाट उद्योग वाणीज्य संघले आयोजना गरेको उक्त बर्दघाट कृषी,पर्यटन तथा औद्योगीक ब्यापार मेलामा सुचना पं्रविधि (आईटी,) कृषि, पर्यटन, बाल उद्यान ,स्थानिय घरेलु उत्पादन,तथा लत्ता कपडा आदिको स्टलहरु राखिएको छ । त्यस्तै मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादन, पर्यटन र सूचना केन्द्र एवं प्रबद्र्धनका स्टलहरु राखिएका छन् । स्थानिय तथा राष्ट्रि कलाकारहरुको सांस्कृति कार्यक्रमहरु र डुंगा सफारी मेलाको मुख्य आकर्षण रहेको छ । मेला मंसिर७ गते सम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल