प्रेम सुनार/मङ्सिर ७, गुल्मी । गुल्मीको पुर्कोट दह गाविसमा सुत्केरी आमाको निधन भएसँगै दुई छोरीहरू किरिया बसेका छन् । पुकोट दह–१ का  दुर्गा प्रसाद भुसाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/मङ्सिर ७, गुल्मी । गुल्मीको पुर्कोट दह गाविसमा सुत्केरी आमाको निधन भएसँगै दुई छोरीहरू किरिया बसेका छन् । पुकोट दह–१ का  दुर्गा प्रसाद भुसाल"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गरीबीका कारण सुत्केरी आमाको निधन, चन्दा उठाएर दुई नावालिका छोरीहरु क्रियामा

२०७३, ७ मंसिर मंगलवार १३:१७


प्रेम सुनार/मङ्सिर ७, गुल्मी । गुल्मीको पुर्कोट दह गाविसमा सुत्केरी आमाको निधन भएसँगै दुई छोरीहरू किरिया बसेका छन् । पुकोट दह–१ का  दुर्गा प्रसाद भुसालकी पत्नी दुर्गा कुमारीको मृत्यु भएपछि दुई छोरीहरू किरियामा बसेका हुन् । 

उनीहरू अहिले आमाको किरियामा मात्रै छैनन् आमालाई दागबत्ती दिने र घाट सम्म बोक्नको लागि समेत सहयोग गरेका थिए । कात्तिक २० गते सुत्केरी भएकी २६ वर्षकी दुर्गा कुमारी २३ गते देखि विरामी परेकी थिइन् । मंसिर तीन गते उपचारको क्रममा उनको निधन भएको थियो । 

‘पक्षघातको कारण उहाँको निधन भएको हो,’ दर्गाकुमारीका छिमेकी तथा स्थानीय शिक्षक बोमबहादुर कुँवरले भने, ‘अहिले दुई छोरीहरू आमाको किरियामा बसेका छन् ।’

गाउँलेहरूकै सल्लाह अनुसार श्रीमानलाई किरिया नबसालेर छोरीहरूलाई किरिया बसालिएको हो । दुर्गा कुमारी आफ्नौ पाँचौ सन्तान जन्माएपछि दिवंगत भएकी हुन् । 

अहिले उनका चार छोरीहरू छन् । १३ वर्षकी संगिता र ११ वर्षकी रमिता किरिया बसेका छन् । ८ र ६ वर्षका अरु दुई छोरीलाई भने सानै भएको कारणले किरियामा नराखिएको कुँवरले बताए ।

उनले आफ्नो जीवनको अन्तिम क्षणमा जन्माएकी नावालीक छोरीलाई भने एक जनाले स्थानीयले धर्म छोरी बनाएर पाल्छु भनेर लगेका छन् । पुर्कोट दह बजारमा मेडिकल संचालन गरिरहेका सिर्सेनी गाविस ९ का विश्व भुसालले दुर्गाकुमारीकी कान्छी छोरीलाई आफ्नै छोरी जस्तै गरेर पाल्नको लागि आफूले लगेको बताए ।

दुर्गा कुमारी सुत्केरी भएको चार दिन पछि बार्या तर्फको शरीर नचल्ने गरेर ढलेकी थिइन । आर्थिक अभावको कारणले उनलाई कतैपनि उपचार गर्न लगिएको थिएन । स्थानीयका अनुसार उनलाई सिकिस्त भएपछि उपचारको लागि अर्घाखाँचीको सदरमुकाम संन्धिखर्क र त्यहाँबाट बुटवल प–याइएको थियो ।

तर अन्तिम अवस्था भएको कारणले उनको उपचार सम्भव भएन भने अन्तिम समयमा उपचारका लागि बढीनै खर्च लाग्ने भएपछि परिवारले उनको उपचार गर्न नसकेको हो ।

दुर्गा प्रसाद र दुर्गा कुमारीको परिवार गाउँकै गरिव मध्यको एक परिवार रहेको स्थानीयहरूले बताउँछन् । दुर्गा प्रसादको कुनैपनि आय आर्जनको बाटो छैन । 

अहिले १३ दिनको काम गर्नको लागि समेत सहयोग संकलनको काम भइरहेको शिक्षक कुँवरले बताएका छन् । ‘मेरै नेतृत्वमा सहयोग संकलनको काम गरिरहेका छौं,’ उनले भने, ‘केही रकम संकलन पनि भएको छ ।’

उनले अहिले ति छोरीहरूलाई भविष्यमा पढाइ लेखाई गर्न सजिलो गराउने उदेश्य सहित सानो कोष समेत निर्माणका लागि जुटेको बताए । ‘उहाँहरूसँग सम्पत्तिको नाममा गोठमा एउटा भैंसी छ,’ कुँवरले भने, ‘अहिले अलिकति संकलन गर्न सक्यौं भने बच्चिहरूले पढ्दा राहत महशुश त गर्लान ।’

कुँवरले सुरुमा बाँझकटेरी गाविसमा रहेका दाजुभाईहरूलाई दुर्गा कुमारीको किरिया गर्दिन अनुरोध गरेको तर उनीहरूले नमानेको समेत बताए । दुर्गा कुमारीको परिवार गरिव भएकै कारणले दाजु भाईले किरिया समेत गर्दिन नमानेको उनको भनाइ छ । घर व्यवहार  र अरु व्यवस्थापनका लागि श्रीमानलाई किरियामा नराखिएको उने बताए ।

कुँवरले बच्चीहरूको अध्ययनका लागि सहयोग गर्न चाहानेले आफूलाई ९८६७२०५२४२ मा सहयोग गर्न सक्ने समेत बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा